स्व. रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपालद्वारा श्री बेलभाञ्ज्याङ्ग मा.वी.लाई रकम हस्तान्तरण

Read Time:3 Minute, 4 Second

०५ पौष ०७२, नवलपरासी । देवेन्द्र सारु मगर

– श्री बेलभाञ्ज्याङ्ग मा.वी. रकुवा नवलपरासीले आफ्नो नियमित कार्यक्रम अद्र्धबार्षिक परिक्षाफल प्रकाशन तथा दाता स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्व. रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपालका प्रधान संरक्षक एवं वरिष्ठसमाजसेवी चिनबहादुर सारु मगर प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा कक्षा तर्फ पहिलो,दोश्रो र तेश्रो हुने छात्र छात्राहरुलाई पुरुस्कार वितरण गर्नु भएको थियो ।

सोही अवसर पारेर प्रतिष्ठानले श्री बेलभाञ्ज्याङ्ग मा.वी.को समग्र स्त्तरोन्नतिको लागि विद्यालय कल्याणकोषलाई रु.१०१,११०।–(अक्षरुपी एकलाख एकहजार एकसय दश) नगद हस्तान्तरण गर्नुका साथै छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यालयको हरेक र्वािषर््ाकोत्सव अवसर पारेर उक्त विद्यालयमा अध्ययनरत विपन्न वर्ग,महिला,अपाङ्ग,गरिव तथा जेहन्दार विद्याथाीहरुकोलागि रु. २०२,२०२।–(रु.दूई लाख दूई हजार दूई सय दुई रुपैंया) बराबरको राशी प्रतिष्ठानले अक्षयकोषकोे घोषणा पनिसार्वजनिक गरेको छ ।

कार्यक्रममा स्व.रमिता सारु मगरका सुपत्रहरु एवं भु.पु. विद्यार्थी देवेन्द्र सारु मगर, इन्द्रजीत सारु मगर,बरिष्ठ समाजसेवी उजिर राना मगर, विद्यालय कल्याणकोषका अध्यक्ष यमबहादुर ठाडा मगर,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर ठाडा मगर, भुपु विद्यार्थी कुमार चितौरे मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विद्यालय तर्फ उत्कृष्ट हुने कक्षा १०का छात्र भिमलाल पाटा मगरलाई स्व.रमिता सारु मगरका छोरा इन्द्रजीत सारु मगरले हौसला स्वरुप रु.५०००।– (अक्षरुपी पाँच हजार) नगद प्रदान गर्नृ भएको थियो । कार्यक्रममा प्र.अ. गंगा विश्वकर्माले दाताप्रति विद्यालय परिवार अत्यन्तै हर्षित हुँदै आगामी दिनमा पनि यस्तै सहयोग पाईरहने विद्यालयले अपेक्षा गरेको मन्तव्यको क्रममा व्यक्त गर्नु भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक पूर्णबहादुर राना मगरले संचालन र विद्यालय व्यवस्था समितिका अध्यक्ष कुलबहादुर ठाडा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %