इजरायली प्रधानमन्त्रीको कुकुरले पार्टी आएका पाहुनालाई टोक्दा बिश्वभर हंगामा

Read Time:2 Minute, 5 Second

माया घले मगर ,इजरायल 

इजरायली संचारमध्ययमको सहयोगमा,
एउटा साधारण कुकुरले मानिसलाई टोकेको घटना विश्वभर नै समाचार बन्यो । अमेरिकी चर्चित पत्रिका टाइमदेखि बेलायती डेलिमेलसम्मका चर्चित पोर्टलहरुमा यो कुकुरले मानिसलाई टोकेको घटनाको समाचार छापिएको छ । यसरी समाचार बन्ने कुकुर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पालेको ‘काइया’ नाम गरेको कुकुरको समाचार थियो ।

यहुदीहरुको पवित्र चाड हानुक्काको क्यान्डिल वाल्ने कार्यक्रमका क्रममा काइयाले एक सांसदसहित दुई पाहुनालाई टोकेको हो । गत वुधवार राती बत्ति वाल्न प्रधानमन्त्रीको निवासमा आयोजिक कार्यक्रममा काइयाले इजरायली सांसद शरिन हस्केल र उप परराष्ट्रमन्त्री तेज्पि होटोभ्लीकी पतीलाई टोकेको थियो । हुन त काइयाले गएको गर्मी याममा नतान्याहुलाई पनि टोकेको बताइएको छ ।

प्रधानमन्त्री नतान्याहुले शुक्रवार फेसवुक पोस्ट राख्दै काइयालाई इजरायली कानून बमोजिम रेविज हो या होइन भनेर पत्ता लगाउनकोलागि क्वारेन्टाइनमा राख्न परेकोमा अत्यन्तै दुःखी भएको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले गत अगष्टमा उद्धार शिविरबाट उक्त कुकुरलाई घरमा ल्याएका थिए । साथै कुकरसँगको तस्वीर समेत ट्वीट गरेका थिए । काइयाले अमेरिकी विदेशमन्त्री जोन केरीसहितका हाइ प्रोफाइनल पाहुनासँग समेत भेटिसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %