गोविन्द घर्ति
पौष ३ । ज्ञानज्योति माध्यमिक विद्यालय देवदह–९, टटेरामा विद्यालय सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अविनास सामाजिक सेवा संस्था र सावर मिनिस्ट्री ईन्टरनेशनलको संयुक्त आयोजनामा वालउत्सव तथा विद्यालय सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल अविनास सामाजिक सेवा संस्थाको पहलमा र यूनाईटेड मिसन टु नेपालले विद्यालयको गुणस्तर शिक्षाको लागि आर्थिक सहयोग गर्दै आएको हो । सो अवसरमा नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खडक बहादुर विकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी केसीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । आर्थिक रुपले विपन्न विद्यालयको गुणस्तर शिक्षाको लागि नेपाल अविनास सामाजिक सेवा संस्थाको पहलमा र यूनाईटेड मिसन टु नेपालले आर्थिक सहयोग गर्दै आईरहेको छ । सो अवसरमा विद्यालयलाई २३ वटा फोहोर डस्तवीन समेत प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खडक बहादुर विक, कार्यक्रम संयोजक विनोद कुमार खाती, नेपाली काग्रेसका वासुदेव रिमाल, नेकपा एमालेका खैराज शर्मा, एकिकृत माओवादीका प्रजापति सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विद्यालयका शिक्षक टेकबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
