रुद्र श्रिश मगर
पोखरा, २१ मंसिर
गोर्खाली समुदायद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको आयोजनामा भएको १५ दिने उद्घोषण तथा पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ ।

सो तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा वृद्धि भएपनि दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । सञ्चारमाध्यममा दक्ष जनशक्तिको खाँचो रहेका बेला सञ्चालन गरिएको तालिम महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ज्ञवालीले दक्ष र सीपयुक्त हुन सके अवसरको कमी नरहेको बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष श्याम कुँवर, प्रशिक्षक एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीस, प्रशिक्षक एवं वरिष्ठ सौन्दर्यविद्मीना गुरुङ, रेडियोका स्टेशन म्यानेजर ओम जी मगर, प्रशिक्षार्थीहरूको तर्फबाट विनिता क्षेत्री, नेत्रनारायण पराजुली, चन्द्रसुब्बा गुरुङ, विजय क्षेत्री र सुजन ढकालले बोल्नुभएको थियो ।
रेडियोका उपाध्यक्ष शशी तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय सम्राट गुरुङ र सबिता दिवालले गर्नुभएको थियो भने रेडियोका सचिव सुबेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत गर्नुभएको थियो ।
राज्यसत्ता ड्ट कम
