महिला हिंसा विरुद्धको हाम्रो सामुहिक प्रतिवद्धता विषयक कार्यशाला गोष्ठी

Read Time:2 Minute, 52 Second

मंसिर १९, पाल्पा

नेकपा एमाले पाल्पाको आयोजना तथा अन्तर पार्टी महिला नेपालको सहयोगमा महिला हिंसा विरुद्धको हाम्रो सामुहिक प्रतिवद्धता विषयक कार्यशाला गोष्ठी आज तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य पर्शुराम मेघी गुरुङ्गले समाजमा रहेको विकृत र विसंगतिको अन्त्य नहुँदासम्म मुलुक सम्वृद्ध नहुने बताउनुभयो ।

उहाँले महिला हिंसाअन्त्यको लागि सबै राजनितिक दलले यसका विरुद्ध एजेण्डा तय गरेर अभियाननै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले भाग्यवादी सोचबाट गुज्रिएको अवस्थाले गर्दानै समाजको विकास हुन नसकेको बताउनुयो । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिमिल्सेनाले महिला हिंसा ओछ्यानबाट नै सुरु हुने भएपनि कानुनी निकाय सम्म नआउने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंक पाण्डेले मानवियताको ख्याल नगर्नेहरु महिला हिंसामा उद्धत रहने भन्दै यस्ता अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । गोष्ठीमा अधिवक्ता पुनदेवी महर्जन, महिला उद्यमी महासंघका रीता भण्डारी, सेना समयोजन समितिका पूर्व सदस्य डा. दिपकप्रसाद भट्ट लगायतले सहजिकरण गर्नुभएको थियो ।एमाले पाल्पाका अध्यक्ष देवी प्रसाद वश्यालको सभापतित्वमा भएको गोष्ठीमा महिला हिंसाको अन्त्यका लागि राजनितिक दलहरुको अग्रसरता , नेपालमा हिंसाको वर्तमान
अवस्था, बोक्सी आरोप सम्बन्धी ऐन २०७१ तथा कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार निवारण ऐन लगायतका बारेमा छलफल तथा सहजिकरण गरिएको थियो ।पूर्व सभाषद नारायणी शर्माले स्वागत गर्नुभएको कार्यक्रममा राजेन्द्र लक्ष्मी गैरेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागीता थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %