देब पचभैया
पाल्पा, मंशिर १९
नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओबादीका केन्द्रिय सचिबालय सदस्य देब गुरुङले मधेशले उठाएका ११ बुदे माग मध्ये दुई वटा बाहेक सबै माग जायज रहेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओबादी पुर्बी मगरात संयोजन समितिले शनिबार बिहान पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले अंगिकृत नागरिकता पाएकाले पनि संबैधानिक अंगमा प्रवेश पाउनु पर्ने र जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र निर्धारण गर्ने सवाल नेपालको हितमा नरहेको बताए ।
खुला सिमा भएकाले ह्वार ह्वारती मानिसहरु आउने जाने चलिरहेको भन्दै यस्तो अवस्थामा मधेसीका यि दुई माग पुरा गरे राज्यको अस्मिता गुमेर जाने गुरूङले चेतावनी दिए ।
प्रचण्ड अगुवाईको पार्टी संग तत्काल एकता हुन नसक्ने भन्दै नेता गुरुङले प्रचण्डले अहिले पनि बावुरामको निति लिएर अघि बढेकाले एकता संभब नभएको बताए ।
माओबादीमा शुरु देखि नै बाबुराम र किरणको दुई वटा बिचार रहेको भन्दै प्रचण्ड संग संगठनात्मक रुपमा कला भएपनि बिचारमा कहिले यता कहिले उता गरेर फाईदा लिएको उहाको आरोप छ ।
प्रचण्ड अहिलेको सत्ता, अहिलेको सरकार अहिलेको ब्यवस्था भित्रै सुबिधा पाईन्छ भनेर रुमलिएको भन्दै उहाले मधेसी संग संझौता नभैरहेको अवस्थामा वलीको सरकार फेल हुने र आफ्नो पालो आउछ भनेर कुुरेर बसेको गुरुङको भनाई छ । क्रान्ती पुरा भयो भनेर यसरीनै अघि बढे प्रचण्डको पार्टी नेकपा एमालेमा बिलिन हुने भन्दै उहाले नेपाली जनताका अधिकार अझै पुरा नभएको भन्दै क्रान्तीको उद्घोष गरेर अघि बढेमात्रै प्रचण्ड संग एकताको पहल हुने उहको भनाई छ । उहाले बाबुराम भट्राईले कम्युनिष्ट आन्दोलन छोडेर नया बिचारको रुपमा गैर कम्युनिष्टहरुको सामाजिक जनबादी पार्टी बनाउन लागेको आरोप लगाए ।
बाबुरामको पार्टी एक प्रकारको पुजीबादी पार्टी हुन लागेको उहाको भनाई छ ।
