-माया घले मगर
तिर्थमान बल तामाङको सहयोगमा गत बैशाख १२ र २९ गते गएको बिनासकारी भुकम्पबाट प्रभावित बिद्यालयहरुलाई नेपाल तामाङ घेदुङ इजरायल द्वारा सहयोग रकम हस्तान्तरण गरेको छ।
नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यलय काठमाडौमा आज सम्पन्न भएको कार्यक्रममा इजरायल घेदुङको तर्फबाट सहअध्यक्ष कल्पना मोक्तान तामाङले श्री भिमसेन मा.बि.बिर्ता,गोल्चे सिन्धुपाल्चोकलाई संस्थागत रुपमा सहयोग रकम ५०,००० (अक्षेरुपी: पचास हजार) र त्यसमा इजरायल घेदुङका सचिव सुकु स्याङ्बोको पहलमा संकलित थप रकम ३७,१०० गरी जम्मा रुपियाँ ८७,१०० (अक्षेरुपी:अठासी हजार एक सय) हस्तान्तरण गरेको छ | यसैगरी श्री ककलिङ हरिसिद्धि उच्च मा.बि.ठुलोपाखर, सिन्धुपाल्चोकलाई संस्थागत रुपमा सहयोग रकम ५०,००० ( अक्षेरुपी: पचास हजार) र इजरायल घेदुङ्का प्रमुख सल्लाहकार उर्मिला तामाङको तर्फबाट थप सहयोग १०,००० (अक्षेरुपी: दश हजार) गरि जम्मा रुपियाँ ६०,००० (अक्षेरुपी: दश हजार) गरी कुल जम्मा रुपियाँ १,४७,१०० (अक्षेरुपी:एक लाख सत्चालिस हजार एक सय ) हस्तान्तरण गरिएको छ |
नेपाल तामाङ घेदुङ केन्द्रीय सचिबालयको सहकार्यमा सम्पन्न सो कार्यक्रममा इजरायल घेदुङको कोषाध्यक्ष नानीमाया योन्जन , तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तान , तामाङ समाज युएईका संरक्षक लेक योन्जन , नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ , नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार धनप्रसाद तामाङ , नेपाल तामाङ घेदुङका अध्यक्ष तथा प्रसाशकिय अदालतका न्यायधिस कुमार योन्जन लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियोे ।
उक्त कार्यक्रममा केन्द्रिय घेदुङका महासचिव कुमार ब्लोन , सचिव प्रतिक तामाङ लगायत नेपाल तामाङ घेदुङ इजरायलका तर्फबाट संरक्षक चन्द्रमाया बमजन , सल्लाहकार – कान्छी घिसिङ तामा ङ , सहअध्यक्ष कल्पना मोक्तान र कोषाध्यक्ष नानीमाया योन्जन सहभागी रहेको थियो |
भुकम्पबाट प्रभावित बिद्यालयहरुलाई रकम हस्तान्तरण कार्यक्रम सहयोग पुर्याउनु हुने केन्द्रिय घेदुङका पदाधिकारीज्युहरु , विभिन्न संघसंस्थाबाट सहभागी हुनु भएका महानुभावज्यूहरु लगायत पत्रकारहरुलाई नेपाल तामाङ घेदुङ इजरायल द्वारा धन्यवाद व्यक्त गरेको छ ।