संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीमा पुन: गुरुङ्ग

Read Time:4 Minute, 52 Second

गोविन्द घर्ती

बुटवल , मंसीर १३ – विभिन्न ८ बुदे प्रस्ताव पारित गर्दै संघीय गणतान्त्रिक जनमुक्ति पार्टी रुपन्देहीको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनले १९५० को सन्धी लगायत विभिन्न सन्धी सम्झौता खारेज गर्नुपर्ने, हालको व्यवस्थालाई विघटन गरी संघीय संसदको निर्वाचन घोषणा गर्नुपर्ने, भ्रष्टचारलाई निरुसाहित गर्ने अभियान संचालन गर्नु पर्ने, करिव ५० हजार सदस्य विस्तार गर्ने, परराष्ट्र नीतिलाई सुधार गर्नुपर्ने, भारतको सिमामा परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायत ८ बुदे राजनैतिक मुद्दाहरु परित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको हो ।




         ८ औं जिल्ला अधिवेशनले झमबहादुर गुरुङ्गको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षद्धयमा भैरव थापा, मधु राना, सचिवमा चित्रबहादुर गुरुङ्ग, कोषाध्यक्षमा झमबहादुर श्रीष, संगठन सचिवमा हरिओम विक, सहसचिवमा आशा गुरुङ्ग, पार्वती घर्ती चयन हुनु भएको छ ।

त्यसैगरी चेलीका भूजेल, सुभाष गुरुङ्ग, विमला गुरुङ्ग, जनक थापा, वावुलाल थापा, यमबहादुर बुढाथोकी, धनबहादुर दमाई, होमबहादुर बलाल, मिनबहादुर दर्लामी, कृष्ण गुरुङ्ग, भोजबहादुर राना, दिलबहादुर पुन, मनबहादुर चौधरी, बर्णबहादुर राना, बलिराम थापा, विनबहादुर रोका, गंगा थापा, आनिक राना सदश्य रहनु भएको सो पार्टीले जनाएको छ ।

 

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका महासचिव केशव सूर्यवंशीले सपथग्रहण गराउनु भएको थियो । कार्यक्रममा उपमहासचिव तारा बलाल, संघीय परिषद सदस्य कमला थापा, अशोक पुन, दलबहादुर विरकट्टा लगायतले नव निर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै पार्टीका महासचिव केशव सूर्यवंशीले ताजा जनादेशको लागि जनदवावको आवश्य रहेको बताउनु भएको थियो । नेता सूर्यवंशीले संविधान जारी भएसंगै देश संक्रमण तर्फ गएपनि राज्यले यसको निकासको लागि कुनै पहल नगरेको बताउनु भयो । महासचिव सूर्यवंशीले राजनैतिक दलका नेताहरु सत्तालिप्सामा अल्झिएका कारण देशले सही निकास पाउन नसकेको बताउनु भयो । अहिले देशमा पेट्रोलिय पदार्थ र ग्यासमा भईरहेको कालोबजारीलाई रोक्न कुनै पहल नगर्दा आमनागरिकले दुःख खेप्नु परेको बताउनु भयो ।

जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य डा. मोहमद हसन, राष्ट्रिय भूतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिमबहादुर राना, लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र थारु, राष्ट्रिय दलित मोर्चाका केन्द्रीय सदस्य कृष्ण नेपाली, राष्ट्रिय युवा मोर्चाका केन्दीय कोषाध्यक्ष्ँ शंकर गाहा, राष्ट्रिय महिला मोर्चाका केन्द्रीय उपमहासचिव गीता सारु लगायतले बोल्दै अधिकारको लागि सवै एकजुट हुनुको कुनै विकल्प नभएको बताएका थिए । रुपन्देहीको शंकरनगरबाट शुरु भएको र्याली मणिग्राममा पुगेर सभामा परिणत भएको थियो ।

सो अवसरमा पार्टीलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिवेशन नया नेतृत्व चयन गर्दै भोली सम्पन्न हुने अध्यक्ष गुरुङ्गले बताउनु भयो । जिल्ला उपाध्यक्ष मधुरानाको स्वागत र सचिव भैरव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %