माया घले मगर
नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ २८५२ टे ल्हो (बाँदर) वर्ग सोनाम ल्होछार कार्यक्रम मनाउने भएको छ । तेलअविवको किबुज ग्लुयोत स्ट्रिट ४६ (Kibust Galuyot St. 46) मा रहेको हलमा “ल्होछार साँझ – 2016” आयोजना हुने बताईएको छ ।
नेपाल तामाङ घेदुङ, इजरायलको 25 नोभेम्बर 2015 (बुधबार) संस्थाका अध्यक्ष बीबी लामा तामाङको अध्यक्षतामा बसेको १६ औ बैठक (स्काईप कल कन्फरेन्स)ले कार्यक्रमको निर्णय गरेको हो । कार्यक्रम सफल बनाउनको लागि संस्थाका सहअध्यक्ष कल्पना मोक्तान तामाङको प्रमुख संयोजकत्वमा २८५२ टे ल्हो (बाँदर) ल्होछार मूल आयोजक समिति गठन गरिएको छ ।
लामा गुरु थुप्तेन तामाङ ज्यूबाट बौद्धधर्म विधिअनुसार पाठपूजाका साथ तामाङ कला तथा संस्कृति झल्कने गीत एवं निर्त्यहरु प्रस्तुत गरी कार्यक्रम मनोरन्जनमय बनाउने आयोजकले बताएको छ । इजरायलमा कार्यरत तामाङहरुले सन् २०११ देखि तामाङ ल्होछार कार्यक्रम निरन्तर रुपमा भव्यताको साथ मनाउदै तामाङ समुदायको संस्कृति र पहिचानलाई जगेर्ना गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् ।