पार्टी जिल्ला अधिवेशन सुरू

Read Time:1 Minute, 55 Second

सोनु थापा मगर

बुटवल,मङसिर ११ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौं अधिवेशन आज शनिबार रुपन्देहीको मणिग्राममा हुने भएको छ ।

अधिवेशनको पार्टी महासचिव केशब सुर्यबंशी मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले जानकारी दिनु भयो । अधिवेशनका क्रममा पार्टीले नगर,गाउं अधिवेशन सम्पन्न गरि प्रतिनीधि तथा प्रर्यवेक्षक चयन गर्ने कार्य सम्पन्न गरिएको जनाएको छ ।

अधिवेशनलाई पार्टी उपमहासचिव द्धय टोप अस्लामी र तारा बलाल,महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ,स्थायी समिति सदस्य अशोक पुन,केन्द्रीय सदस्य द्धय लेखप्रसाद गुरुङ,डाक्टर महमद हसन लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा जिल्लाभरबाट २ सय ५० प्रतिनीधि र ५० प्रर्यवेक्षक गरि ३ सय जना सहभागी रहने जिल्ला अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अधिवेशनले नयां नेतृत्व चयन गरि १३ गते सम्पन्न हुनेछ ।

अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला सचिव भैरब थापा मगरले जानकारी दिनु भयो । कार्यक्रम पुर्व पार्टीले ड्राइभरटोलबाट र्याली निकाल्ने र उक्त र्यालीले ड्राइभरटोल हुँदैं मणिग्राम चोकमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %