भवन निर्माणको लागि कमला थापाबाट दुई लाख सहयोग

Read Time:2 Minute, 6 Second

सोनु थापा मगर

बुटवल, मङसिर ११ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य एवं यू.के. ईन्चार्ज कमला थापामगरले निर्माणाधिन पार्टी जिल्ला भवनलाई थप पुर्णंताका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

२ लाख २ हजार २ सय २२ रुपैयाको चेक शुक्रबार एक कार्यक्रमका बीच जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो । यसैक्रममा जनमुक्ति मञ्च यूकेका सल्लाहाकार नारायण किशोर पून मगरले पनि भवन निर्माणको लागि ५० हजार १ सय ५ रुपैयाँको चेक अध्यक्ष गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो ।

पार्टीका महसचिव केशब सुर्यबंशी मगरको प्रमुख आत्थ्यितामा सम्पन्न कार्यक्रममा आर्थिक सहयोग गर्ने दुवै जनालाई जिल्ला समितिका पदाधीकारीहरुले खदाबाट स्वागत तथा सम्मान गर्नु भएको थियो । सो अबसरमा पार्टी उप–महासचिब टोप अस्लामी मगर , जनमुक्ति मञ्च यूकेका सल्लाहकार एवं दानवीर नारायण किशोर पून मगरले बोल्नु भएको थियो ।

जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षता तथा सचिव भैरव थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला उपाध्यक्ष मधु राना , जनक थापा लगायतका पार्टी नेताहरुको उपस्थिती रहेको थियो ।

तिलोत्तमा नगरपालीका कवीराज पथमा निर्माणधिन पार्टी कार्यालय भवनको करीब ७० प्रतिशत काम सम्पन्न भैसकेको छ भने निर्माण कार्य तिब्ररुपमा भईरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %