निरजको उपचारको लागि मगर संघद्वारा अर्थिक सहयोग

Read Time:1 Minute, 30 Second

कमल चौधरी

बुटवल , मङसिर११ – वुटवल उपमहानगर पालिका वाड नं. १० सुख्खा नगर निवासी निरज थापाको उपचारको लागि मगर संघले नगद रु ५४ हजार ५ सय ४० रुपैया आर्थिक सहयोग गरेको छ ।

कार्तिक १६ गते मोटरसाईकल दुर्घटन हुँदा गम्भीर घाइते भएका थापाको उपचारको लागि संघले आर्थिक सहयोग गरेको हो । उहाँको उपचार भैरहवा मेडिकल कलेजमा भैरहेको छ ।

उक्त सहयोग रकम नेपाल मगर संघ ईकाई समिति  वाड नं. १० सुख्खानगरका अध्यक्ष थर्क बहादुर बारघरे तथा ईकाई समितिका बुहारी मगर संघका अध्यक्ष ज्योति थापाले संयुक्त रुपमा एक कार्यक्रमका बीच  माती तारा थकालिलाई हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा गम्भिर घइटे थापाको  आर्थिक स्थिति निकै नाजुक  भएको हुँदा आफूहरुले विभिन्न मगर संघ लगायत संघ संस्थाद्वारा संकलित नगद रकम सहयोग गरेको नेपाल मगर संघ इकाई समितिका  वडा नं.१० सुख्खानगरका अध्यक्ष थर्कबहादुर वारघरे मगरले जानकारी  दिनुभयो । उहाँले घाइते थापाको सिघ्र स्वस्थ्यको कामना पनि गर्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %