देब पचभैया
पाल्पा, मंशिर ११ – पाल्पाको देबीनगरमा भएको जिप दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।

२६ जना घाईते भएका छन् । दुर्घटनामा तानसेन ४ की ६१ बर्षिया रम्मादेबी गाहा, रहबास ६ मटेरीका ३० बर्षिय खड्ग बहादुर चौहान र गोठाडी २ का ७२ बर्षिय टेकबहादुर लुईचेको घटना स्थलमै र रहबास ५ की आन्दाजी ७१ बर्षिया भुमिसरा बरालको उपचारको क्रममा लुम्बिनि मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाईते २६ जना मध्ये ४ जनाको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ । घाईते सबैको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन देखि झडेवा जादै गएको लु १ ज १९२२ नम्बरको जिप आज बिहान पौने १० बजे झडेवा ३ देउबिर भन्ने स्थानमा दुर्घटना भएको हो ।

बिपरित दिसो बाट आएको बसलाई साईड दिन भन्दै जिपलाई पछाडी लान खोज्दा जमिन भासिएर जिप सडक बाट ५ सय मिटर जिप खसेको घाईते जितेन्द्र सोमैले जानकारी दिए।
दुर्घटनामा पर्ने अधिकांस झडेवा २ मा लोक बहादुर रानाको चोखिनीमा गएकाहरु रहेको स्थानिय हरी रानाले जानकारी दिनुभयो ।
(फोटो : दुर्घटना ग्रस्त जिप र घाईतेको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार हुदै)
