उपराष्ट्रपति नन्दबहादुर पुन काफलडाँडामा

Read Time:3 Minute, 6 Second

सिता पून मगर

म्याग्दी, २०७२ मंसीर ७ गते बेलुकी १२ बजे रामचन र ८ गते विहान कुलचनलाई संस्मरण गरि म्याग्दीको काफलडाँडामा राष्ट्रिय स्तरको कुलायन पुजा सम्पन्न भयो ।

साथै ८ गते कुलायन पुजाको अवसरमा करबाकेली थानको प्राङगणमा देवेन्द्र पाईजा र डमबहादुर पुर्जाको आर्थिक सहयोगमा स्थापना भएको करबाकेलीसँग सम्बन्धीत रहेको २ वटा गरुडको मुर्ती सम्मानिय उपराष्ट्रपति नन्दबहादुर पुनज्यूको बाहुलीबाट सुसम्पन्न भयो ।

उक्त अवसरमा भूपू मन्त्री उत्तम पुनज्यू, सिडिओ, पुन समाज नेपालका अध्यक्ष प्रताप पुन लगायत पदाधिकारीहरु, पुन समाज युकेका सहकोषाध्यक्ष लगायत विभिन्न गाउँबाट आउनु भएका व्यक्तिव्यक्तित्वको  समेत उपस्थिति रहको थियो ।

यस पावन अवसरमा करबाकेलीलाई कुल मानेर कुलायन पुज्ने महानुभावहरु लगायत अन्य महानुभावहरुलाई काफलडाँडाको रामचन—कुलचन डाँडामा अवस्थित करबाकेली बाबाको थानमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा पूख्र्यौली नृत्य पनि प्रस्तुत गरिएको थियो भने कुवेपानीबाट आएका स–साना नानीहरुद्वारा प्रस्तुत गरेको पूख्र्यौली नृत्यलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र भूपू मन्त्री उत्तम पुनज्यूले बडो ध्यानपूर्वक अवलोकन गर्नु भएको थियो ।

उक्त कार्यक्रम पूर्खा संस्मरण भएको हुँदा पनि उक्त कार्यक्रममा भैरहवा ठुटीपिपलबाट कुल पुज्न आउनु भएका गेरु गर्बुजा (८५ वर्ष) लाई सम्मान स्वरुप उनकै सभापतित्वमा सो कार्यक्रम आयोजना गरिएको थियो । कुल संस्मरण र प्रसाद ग्रहण गरिसकेपश्चात आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनज्यू र भूपू मन्त्री उत्तम पुनज्यूले आआफ्नो मन्तब्य राख्नु भएको थियो । सम्मानीय उपराष्ट्रपतिज्यूलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा दलबहादुर पुनद्वारा लिखित ब्रिटिश सेनामा गोर्खालीको २०० वर्ष नामक पुस्तक विमोचन गरिएको थियो ।

साथै गाउँको तर्फबाट सम्मानीय उपराष्ट्रपति र भूपू मन्त्री उत्तम पुनज्यूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

फोटो: मेखपून मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %