माया घले मगर ,इजरायल
नेपाल आदिबासी जनजाती महासंघ इजरायलले राष्ट्रिय आदिवासी जनजाती आन्दोलनका निमित्त नेपाली रुपियाँ १४०,०००.०० /- (अक्षेरुपि एक लाख चालिस हजार ) आदिवासी जनजाती राष्ट्रिय अन्दोलनका अगुवा, पद्मरत्न तुलाधरलाई हस्तारण गरेको छ ।
कार्यक्रममा अधिकार कर्मीहरु पद्म रत्न तुलाधर , प्राज्ञ डाक्टर ओम गुरुङ , आङकाजी शेर्पा , सुरेश आले मगर , पशुराम तामाङ आदिको उपस्थिति रहेको थियो , उक्त कार्यक्रममा सहभागी अधिकारकर्मी हरुले बिगतमा गरिएको सहयोग नेपाली रु.१०००००.००/- (अक्षेरुपि एक लाख ) र वर्तमान सहयोगको निमित्त एकमुस्ट धन्यबाद व्यक्त गर्दै , महासंघ परिवार लगायत सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
सहयोग रकम हस्तान्तरन कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका महासचिब निर्मल गुरुङ ,कार्यकारिणी सदस्य चन्द्र माया बोम्जन तामाङ र संस्थाको भूपू महासचिव भुपेन्द्र गुरुङ उपस्थित रहेका थिए |