भुकम्प प्रभाबितलाई तीन करोड राहत

Read Time:3 Minute, 22 Second

देब पचभैया

पाल्पा, मङ्सिर २ गते

पाल्पामा भूकम्प प्रभावित परिवारलाई आयआर्जन गर्न तीन करोड रुपियाँ राहत प्रदान गरिएको छ । जिल्लाको मुझुङ्, छहरा, फोक्सिङ्कोट, सहलकोट, गाडाकोट (रामपुर नगरपालिका), मित्याल र गल्धा गाविसका भूकम्प प्रभावित लाई आयआर्जन गर्न तीन करोड रुपियाँ प्रदान गरिएको हो ।

हेफर इन्टरनेशनल नेपालले स्थानीय गैरसरकारी संस्थामार्फत् भूकम्प प्रभावित एक हजार सात सय बढी परिवारलाई रकम प्रदान गरेको हेफरका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवालले जानकारी दिए ।
भूकम्प प्रभाबित परिवारको आर्थिक अवस्था सुधार गर्न कृषि र पशुपालनमा लगानी गर्ने गरि सो रकम प्रदान गरिएको सिलवालको भनाई छ ।
फोक्सिङ्गकोट र हुगीमा एक सय ५५ घरपरिवारलाई २३ लाख ३५ हजार, मुझुङ र छहरामा एक सय नौँ घरमा १६ लाख ३५ हजार, सिलुवामा एक सय २४ घरमा १८ लाख ६० हजार रकम प्रदान गरिएको छ ।
यस्तै गल्धा र मित्यालमा एक सय ९४ परिवारलाई २९ लाख १० हजार, सहलकोट र गाडाकोटमा एक हजार तीन सय ४५ परिवारलाई दुई करोड एक लाख ७५ वितरण गरिएको जनविकास तथा परिचालन केन्द्रका कार्यकारी निर्देशक देवीलाल लामिछानेले जानकारी दिए ।
रामपुर नगरपालिका अन्तर्गत एक हजार १४ घरमा एक करोड ५२ लाख १० हजार वितरण गरिएको छ ।
भुकम्पबाट प्रभावित परिवारलाई आयआर्जन, पशुधन सुरक्षा, खोर, गोठ निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ रकम सहयोग गरिएको उनीहरुले बताएका छन् ।
प्रतिपरिवार १५ हजारका दरले आयआर्जन कोषकालागि रकम प्रदान गरिएको स्काई समाजका कार्यक्रम संयोजक विष्णु कडेलले बताउनुभयो ।
२०७१ बैशाख १२ र २९ गते गएको महाभूकम्पले गर्दा घर भत्केका, चर्केर बस्न नमिलेकालाई सरकारले प्रदान गरेको रातो र पहँेलो कार्डलाई आधार बनाएर रकम दिइएको हेफर इन्टरनेशनलको साझेदार संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।
आयआर्जनका लागि वितरण गरिएको रकम हेफरले फिर्ता नलाने र गाउमा गठन भएको सहकारीमै उक्त रकम दुई वर्षपछि फिर्ता गराएर गाउलेकै कोषमा जम्मा गरिनेछ । भूकम्पले बिचल्ली बनाएका बेला राहत स्वरुपमा आएको आयआर्जन कोषको रकमले कृषकलाई उत्साहित बनाएको छहरा गाविस सचिव रविन्द्र रायमाझीले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %