दलहरु एक जुत हुन नसक्दा भारतले नाका बन्दी गर्‍यो -सांसद अब्दुल

Read Time:1 Minute, 58 Second

गोविन्द घरती
मंसीर १
दलहरु एक भएमात्र देशको समस्या समाधान गर्न सकिने सांसद अव्दुल रज्जाकले बताउनु भएको छ । उनले राजनैतिक दलहरुका नेताहरु एकजुट हुन नसक्दा भारतले नाकाबन्दी गरेको बताए । नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिले आयोजना गरेको प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहेका सांसद रज्जाकले विदेशीको ईशारामा मधेशी दलका नेताहरु चलेका कारण देशमा अहिले यस्तो अवस्था आएको बताए । रज्जाकले आयोग गठन गरी सिमाङकनको विवाद टुग्याउनु पर्नेमा जोड दिए ।उनले अहिलेको समस्या समाधान गर्न नेपाली काग्रेस प्रतिवद्ध रहेको बताउनु हुदै आन्दोलन छोडेर राजनैतिक सहमतिमा आउन आन्दोनरत दलहरुलाई आग्रह गरे । नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिका अध्यक्ष मित्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका योजना अधिकृत विष्णु ढुगाना, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले बोल्दै खेलकुदको माध्यमबाट राष्ट्रको निर्माण गर्न सकिनेमा जोड दिएका थिए । खेल संयोजक नारायण काप्mलेको स्वागत र सृजना वलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %