सोनु थापा मगर
बुटवल ,कार्तिक २५ – नर्मदेश्वर युवा क्लव तिलोतमा नगरपालिका वडा नं १८,रुपन्देहीको आयोजनामा खैरियामा भएको एक दिने पुरुष डबल नकआउट व्याटमिन्टन प्रतियोगितामा हिमालय युवा क्लवका प्रदिप राना र पदम थापाको जोडीले जीत हात पार्न सफल भए ।
आयोजक टिम नर्मदेश्वर युवा क्लवलाई पराजित गरि हिमायलय युवा क्लव प्रथम भएको हो । प्रतियोगितामा आयोजक टिम नर्मदेश्वर युवा क्लव द्धितीय र रिडि व्याटमिन्टन क्लव गुल्मी र रुरु युवा क्लव गुल्मी तृतीय भएका थिए । रुपन्देही जिल्ला र गुल्मी जिल्लाका गरि ४८ टिम सहभागी रहेको प्रतियोगिताको विजयीटिमले २० हजार, द्धितीयले १५ हजार र तृतीय भएका दुई टिमले ५/५ हजार नगदसहित कदर पत्र पाएको अध्यक्ष प्रितबहादुर पुनले जानकारी दिए ।
थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रीय अध्यक्ष अष्टभुजा चौधरीले विजयी टिमलाई नगदसहित कदर पत्रले सम्मान गरेका थिए ।
