कथिन उत्सव गरी पुण्यलाभ

Read Time:1 Minute, 50 Second

सोनु थापा मगर

बुटवल ,कार्तिक २५ –  बौद्ध धर्मालम्बीहरुको ऐतिहासिक तथा परम्परा त्रैमासिक वर्षावास समापनको सुखद उपलक्ष्यमा डिङेकरकुवा  शंकरनगरमा रहेको अन्तराष्ट्रिय बुद्ध परियति उदय विहारले विविध आध्यात्मिक कार्यक्रम सहित कथिन उत्सव  कार्यक्रम सम्पन्न गरेको छ । 

बुद्ध धर्म अनुसार कथिन उत्सवमा बौद्ध धर्मगुरुहरुलाई श्रद्धापुर्वक निम्नतम दान गर्दा पनि पुण्यलाभ हुने मान्यता रहेकाले आफुलाई ईच्छा लागेका दानयोग्य सामग्री वा खाद्यान्न , जिन्सी , फलफुल , धुपदिप , चिवर , औषधी  आदि आफ्नो दिवंगत मातापिता , नाताकुटुम्ब तथा पितृहरुको पुण्य स्मृतिमा दान गरी अनन्त पुण्य आर्जन हुने धार्मीक विश्वास छ ।

कार्यक्रममा भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्याले धर्मदेशना गराउनु भएको थियो । सोही अबसरमा विश्व शान्ति बौद्ध गुम्बा सुख्खानगर –१० बुटवलले उक्त विहारमा सिमा गृह निर्माण गर्नका लागि नगद २२ हजार ५ रुपैया दान गरेको  कार्यक्रमका संयोजक याम बहादुर थापाले  जानकारी दिनु भयो । 

कलबहादुर पल्लि मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अगाडी  योगीकुटीबाट शान्ति र्याली निकालिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %