इजरायलमा दिपावली सप्तरंगी साँझ – २०७२ भव्य रुपमा मनाउने तयारी

Read Time:2 Minute, 45 Second

माया घले मगर

इजरायल, नोभेम्बर ३ – इजरायलमा दिपावली सप्तरंगी साँझ – २०७२ भव्य रुपमा मनाउने तयारी भै रहेको छ । 

शुभ दिपावलीको पवन अवसरमा भुकम्प पिडितहरुको लागि १ हजार घर निर्माणगार्थ एनआरएनए इजरायल र अन्तरास्ट्रिय कलाकार मन्च इजरायल शाखाको संयुक्त आयोजनामा शुभ दिपावलिको पवन अवसर पारेर आगामी १३ नोभेम्वर २०१५ शुक्रवारको दिन  दिपावली सप्तरंगी साँझ – २०७२ कार्यक्रम गर्न गईरहेको अन्तरास्ट्रिय कलाकार मन्च इजरायल शाखाका महासचिव पेमा लामा तामाङले जानकारी दिनु भएको छ ।

शुभ दिपावली सप्तरङ्गी साँझ २०७२ कार्यक्रमका लागि नेपालबाट चर्चित गायक तिलक बम मल्ल  र पहिलो तिखो हाँस्य व्यांग्यात्मक झटारो हान्दै दर्शकहरुको मनमा बस्न सफल हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउनु हुने भएको छ । वहाँहरु संगै अन्तरास्ट्रिय कलाकार मन्च , इजरायल शाखाका कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाएको छ ।

प्राकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुलाई घर वनाइदिने पवित्र कार्यको लागि आयोजना गरिएको कार्यक्रमलाई यथाशक्य सहयोग पुर्याउनु हुन इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु, विभिन्न सामाजिक तथा जातिय संघसंस्थाहरु, विभिन्न अनलाइन मिडियाहरु लगायत वुद्दिजिवी तथा समाजसेवीहरुमा आयोजकले हार्दिक अपिल गरेका छन् । साथै कार्यक्रमलाई असर पर्ने गरी भ्रमण तथा कुनैपनि किसिमका कार्यक्रमहरु आयोजना नगरिदिनु हुन पनि एनआरएनए इजरायल र अन्तरास्ट्रिय कलाकार मन्च इजरायल हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रमको भोलिपल्ट १४ नोभेम्वर शनिवार विहान डेड सी र वेतलेखेमको भ्रमणको समेत आयोजना गरिएको र कलाकारहरुको साथमा रमाउदै भ्रमणको मज्जा लिन चाहनु हुने इच्छुक ब्यक्तिहरुले भ्रमणको लागि नामावली टिपाउनु हुन   हार्दिक अनुरोध गरेका छन् । 

थप जानकारीका लागि सम्पर्क :

फोन नम्बरहरु : – 0585072064 , 0538259411, 0547620964, 0502820116, 0543486033 र 0542214395

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %