सोनु थापा मगर
बुटवल । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले प्रस्तावित मगरात प्रदेशको अवलौकन भ्रमणमा आउनुभएका केन्द्रिय पदाधीकारीहरुलाई एक कार्यक्रमका बीच रुपन्देहीमा स्वागत ग¥यो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर, महासचिव नविन रोका मगर, सचिव ज्ञानेन्द्र पुन मगर लगायतका केन्द्रिय पदाधीकारीहरुलाई संघले आफ्नै कार्यालय देविनगरमा स्वागत गरेको थियो । सो कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापाले मगरात क्षेत्रहरुमा मगरातका लागि जनमत तयार पार्न आफुहरुले भ्रमण गरेको बताए ।
रुपन्देही लगायतका अन्य प्रस्तावित मगरात प्रदेशका जिल्लाहरुमा मगरात प्रदेशका लागि सकारात्मक वातावरण र शुभेच्छा रहेको भ्रमणको क्रममा आफुहरुले पाएको र जनताहरुले सन्देश पनि सकारात्मक रुपमा लिएको बताए । यसै सन्दर्भमा पनि मगरातको लागि मगरात संघर्ष समितिको आन्दोलन पनि जारी छ । उहाँले भन्नु भयो । संघले रुपन्देहीमा गरेका गतिवीधि तथा निर्माण गरेका विभिन्न भौतिक संरचनाहरुको अवलौकन भ्रमण गराएको थियो । मगर घाट, संघको गाविस, नगर र जिल्ला कार्यालयहरुको अवलौकन समेत गराएको थियो ।
मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा मगर, उपाध्यक्ष गिता सारु मगर, सचिव कमला बहिक मगर, कोषाध्यक्ष अन बहादुर सोती मगर, संघका नगर अध्यक्ष किशन बहादुर थापा , नेपाल मगर रेडियोकर्मी संघका अध्यक्ष सनु थापा मगर लगायतका मगर संघ संस्थाका प्रतिनीधिहरुले स्वागत गरेका थिए ।
