मुलुकको निकास ताजा जनादेशः सुर्यवंशी

Read Time:2 Minute, 48 Second

सोनु थापा मगर

बुटवल । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशीमगरले ताजा जनादेशमा गएर मुलुकलाई निकास दिनुपर्ने बताएका छन । संविधान जारी भएपछि मुलुकमा द्वन्द बढेको भन्दै असन्तुष्ट र सन्तुष्टको मिलन विन्दु ताजा जनादेश भएको दावी गरे । दशै, तिहार, छठ पर्व एवं नेपाल संम्वत ११३६ को शुभ अवसरमा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी, रुपन्देही क्षेत्र नं ४ क्षेत्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव सुर्यवंशीमगरले उक्त कुरा बताएको हो ।

संविधान जारी गरेपछि संविधान सभाको काम सकिएको बताउंदैं मुलुकलाई निकास दिन ताजा जनादेशका लागि संसदीय निर्वाचन नैं उपयुक्त विकल्प भएको दोहो¥याए । लामो समयसम्म सत्ता संचालन गर्नेहरुले मुलुकलाई आत्मनिर्भर बनाउन नसक्ने शासकहरु राष्ट्रवादी हुंन नसक्ने उहांले जिकिर थियाे । गलत नीति बोकेका राजनैतिक पार्टीको पर्दाफास गर्नुपर्ने खांचो औल्याउंदैं उहांले अधिक्तम राजनैतिक सहमतिका लागि परामर्श थाल्नुपर्ने बताए ।

मुलुकको वर्तमान परिस्थतिलाई उहांले कालो वादलमा चाँदीको घेरा लागेको टिप्पणी गरे । कार्यक्रममा राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भिम बहादुर रानाले पनि बोलेका थिए । कार्यक्रम पार्टी, रुपन्देही क्षेत्र नं ४ का अध्यक्ष सि एच एम
नरसिंह काउंचामगरको अध्यक्षता, सचिव थर्क बहादुर बाह्रघरेको संचालन तथा उपाध्यक्ष भीममाया रानाको स्वागतमा भएको थियो । पार्टी प्रचार विभाग प्रमुख टोप अस्लामी, संघीय परिषद् सदस्यहरु सुर्यकुमार सारु मगर, अशोक पुन, होमाया गुरुङ्ग, बल बहादुर थापा, लगायतका नेताहरुको सहभागिता रहेको थियो भने सञ्चारकर्मी, पार्टीका अन्य स्थानिय नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %