गायक थापामगर भन्छन् : पूर्व–पश्चिम हुने होला नि

Read Time:3 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, १५ कात्तिक – उदीयमान लोकदोहोरी गायक एवं सञ्चारकर्मी पदम थापामगरले आफ्नो पहिलो लोकदोहोरी गीति एल्बम बजारमा ल्याउनुभएको छ । गायक थापामगरको पहिलो लोकदोहोरी गीति एल्बम पूर्व पश्चिम हुने होला निको आज पोखरामा एक कार्यक्रमका बीच विमोचन तथा म्यूजिक भिडियो समेत सार्वजनिक गरियो ।

गीति एल्बमको विमोचन तथा म्यूजिक भिडियो सार्वजनिक गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुलीले कलाकारले सिर्जना गरे बापत रोयल्टी पाउने वातावरण राज्यले बनाइदिनुपर्ने बताए ।

नेपाली गीत संगीतको विकासका लागि राज्यले बजार व्यवस्थापन गरिदिनुपर्ने उल्लेख गर्दै अग्रज लोकदोहोरी गायक पराजुलीले माया प्रेमका मात्र नभइ देशभक्ति र समाज परिवर्तनलाई समेत गीत संगीतमा समेट्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष श्याम कुँवर, अग्रज लोकदोहोरी गायक पद्मराज ढकाल, लोकदोहोरी गायक एवं सञ्चारकर्मी पदम थापामगरलगायतले नेपाली गीत संगीतको बजार प्रवद्र्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य चोलेन्द्र पौडेलले स्रष्टा परिचय दिनुभएको थियो भने प्रतिष्ठानका गण्डकी अध्यक्ष जीवन दाहालले एल्बममा समावेश गीतहरूको समीक्षा गरेका थिए ।

त्रिवेणी संगीतालय, पोखराका सञ्चालक संगीतकार नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गायक एवं सञ्चारकर्मी सन्तोष बस्यालले गरेका थिए ।

शिव दर्शन डिजिटलको प्रस्तुती रहेको सो एल्बममा पूर्व पश्चिम हुने होला नि बोलको दोहोरी गीत, रिसिङै गाउँको त्यो चिसो पानी बोलको सालैजो, बोलीमै दिल बसेको बोलको कौह्रा समावेश छन् भने म्यूजिक भिडियोमा पदम थापामगर गायक स्वयं, सुनिता नेपाली, मनसुधन थापामगर, पवित्रा थापामगर ‘डिम्पल’, इमान र ज्योतिलगायतले अभिनय गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %