कैलाश सहकारीको चौथो साधारणसभा सम्पन्न

Read Time:1 Minute, 59 Second

रूद्र श्रीस मगर

पोखरा, १४ कात्तिक – पोखरा–४ स्थित कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखा संयोजक तुलसीराम सुवेदी, सल्लाहकार इन्द्रप्रसाद पौडेल, संस्थापक अध्यक्ष नवीनराज पौडेल, हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका किस्मत चन्द्र, सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका धनञ्जय पौडेल, बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका रामचन्द्र शर्मा, कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका श्याम पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष गुरुप्रसाद तिवारी, शेयर सदस्यहरूको तर्फबाट बलराम शर्मा, टिकाराम पौडेल, नन्दकला पौडेललगायतले बोलेका थिए।

साधारणसभाले कार्यवाहक सचिव टेकप्रसाद सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवहरि अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित समेत गरेको छ ।

संस्थाका अध्यक्ष जीवन ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव टेकप्रसाद सुवेदी र कोषाध्यक्ष शिवहरि अधिकारीले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %