देब पचभैया
पाल्पा, कार्तिक १४ – २१ औ कण्डम दिवसको अवसरमा पाल्पामा सडक नाटक सहित बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । दशैको पुर्णिमा पछिको पहिलो शनिबार कण्डम दिवस मनाउने गरिन्छ । एच,आई ,भि एड्स , यौन योग र स्वास्थ्य क्षेत्रमा कार्यरत सस्थाहरुको संयुतm आयोजनामा निशुल्क कण्डम बितरण गर्नुका साथै कण्डमको बारेमा जानकारी समेटिएको ब्रोसर बितरण गरिएको छ ।
जिल्ला स्वाथ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, ईन्द्रेणी समाज केन्द्र, सक्रिय सेवा समाज, रेडक्रस सोसाईटी, शमुदाय स्वास्थ्य बिभाग मिशन अस्पताल र प्रतिबद्ध सहयोग समुह पाल्पाको संयुतm आयोजनामा शनिबार बिहान तानसेनको बसपार्क क्षेत्रमा बिभिन्न कार्यक्रम सम्पन्न भएका हुन् । कण्डमको महत्व, यसका फाईदा र एच,आई,भि एड्को बारेमा जानकारी समेटिएको जिवनको महत्व बिषयक सडक नाटकले चेतना बढाएको दर्शकहरुले बताएका छन् ।
लाहुरे दाई उनका श्रीमती, स्वयम सेबीका, स्वास्थ्य स्वयम सेवक बनेर देखाईएको सडक नाटकले बिदेसिएका दाजुभाईहरुले घर फर्किदा पैसा संगै एच,आई,भि एड्स पनि ल्याएको भएकाले उनीहरुका घर परिवार बढी चनाखो हुनुपर्ने र परदेशिएकाहरुलाई सजक र सचेत गराउनु पर्नेमा जोड दिईएको थियो । जिवनको महत्व बिषयक सडक नाटकमा सोम बहादुर आले, आयम कार्की, रमा हितंगा,लेखनाथ ढकाल, प्रमिला बोहोरा, सरस्वती बोहोरा , माधब शर्मा लगाएतका कलाकारहरुको सहभागीता रहेको थियो ।
सडक नाटक अघि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पाका शाखाका अध्यक्ष बुद्धी प्रसाद शर्मा, परिवार नियोजन संघ पाल्पाका सचिब राजेश्वर उदय, परिवार नियोजन संघकै प्रबन्धक शोभाकान्त न्यौपाने, ईन्द्रेणी समाज केन्द्र, साथ साथ प्रोजेक्टका कार्यक्रम प्रमुख दशरथ अस्लामी, समुदाय स्वास्थ्य बिभाग मिशन अस्पतालका प्रमुख पार्बती गौतम, सक्रिय सेवा समाजका लक्ष्मी कुवर, नागरिक समाज पाल्पाका सदस्य चित्रवलीराम सुवाल लगाएतले बोलेका थिए ।
