परि र पोखरेलको दुई वाम एक ठाम हुने

Read Time:2 Minute, 17 Second

रूद्र श्रीसमगर

पोखरा, १३ कात्तिक नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच एकता भएपछि बन्ने नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) रहने भएको छ ।

लामो सहकार्य गरेका यी दुई पार्टीहरूबीचको एकतापछिको पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) बन्ने नेकपा–माओवादीका एक जना केन्द्रीय सदस्यले जनाएका छन् ।

यी दुई पार्टीबीचको एकतालाई कार्तिक २२ गते औपचारिकता दिइँदैछ । ३३ दलीय राष्ट्रिय मोर्चामा आबद्ध यी दुवै पार्टीले संविधानसभाको निर्वाचन प्रायोजित भन्दै बहिष्कार गरेका थिए । पार्टी एकता गर्ने निर्णय भएको कुरा तीन दिनअघि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र एकीकृतका महासचिव परी थापाले संयुक्त वक्तव्यमार्फत् जानकारी दिएका थिए ।

यी दुई पार्टीको एकताले सबै माओवादीमा ठूलो प्रभाव पारेको छ । यो एकताले अन्य माओवादीलाई पनि आकर्षित गरेको छ । क्रान्तिकारी माओवादीको केन्द्र निर्माण हुनका लागि यसलाई सुरुवात मानिएको छ । विभिन्न टुक्रामा विभाजित माओवादीहरूमध्ये नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच एकता हुने भएपछि नेता तथा कार्यकर्तामा खुशीयाली छाएको छ ।

दुई पार्टीबीचको एकताले क्रान्तिकारी वामपन्थी आन्दोलनले गति लिने विश्वास लिएको नेकपा–माओवादी कास्कीका सेक्रेटरी अशोक छन्त्याल ‘अर्जुन’को भनाइ छ । त्यस्तै, नेकपा (एकीकृत) कास्कीका सेक्रेटरी भीमबहादुर श्रीसले पनि दुई पार्टीबीचको एकताले कार्यकर्तामा उत्साह छाएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %