देब पचभैया
कार्तिक १३ – पाल्पाको छहरामा बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक युवतीको ज्यान गएको छ ।
शुक्रबार बिहान करिव नौ बजेको समयमा बाथरुममा ग्यास गिजर बाट नुहाउने क्रममा छहरा पाल्पाकी १८ वर्षिया पुजा रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नुहाउन बाथरुममा गएकी पुजा लामो समय सम्म बाहिर नआए पछि घर परिवारले ढोका फुटालेर निकाल्दा उनी बेहोस अबस्थामा रहेको र उपचारको लागी अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ । नुहाउने क्रममा ग्यास लिक भएको हुन सक्ने र बाथ रुमको कोठा पुर्ण रुपमा बन्द रहेको र भेन्टीलेसन नभएका कारण निसास्सीएर उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल पाल्पाका डाक्टर झपेन्द्र ढकालले जानकारी दिए ।
रायमाझी भैरव बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्यनरत थिईन् ।
