पार्वती थापा मगर
२०७२ सालको संविधान बनेपछि आज नेपालको राजनीतीक इतिहासले एउँटा यूगान्तकारी फट्को मारेको छ नेपालले।
नेपालका कम्यूनिस्ट दल एमालेले श्रीमती विध्यादेवी भण्डारीलार्इ गणतन्त्र नेपालको दोस्रो र नेपालको पहिलको महिला राष्ट्रपति बनाउन सफल भएको छ । नव निर्वाचित सम्माननिय राष्ट्रपति विध्यादेवी भण्डारीलार्इ हार्दिक बधाइ छ र निर्वाचित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनैतिक दललार्इ धन्यबाद छ । एउटा महिलालार्इ देशको सर्वोच्च स्थानमा विराजमान गराउनु अत्यन्तै गर्वको कुरो हो । तर, इतिहासको पाना पल्टाउने जमर्को गर्ने हो भने साँच्चिकै पाउँनु पर्ने महिलाहरूको मन कुडिएको त छैन भनेर विश्लेषण गर्नु पनि त्यतिकै सान्दर्भिक हुन्छ होला ।
२०६५ सालमा नेपालमा १० वर्षे जनयूद्दको सकारात्मक परिवर्तनको रूपमा देखिएको राज्यको सवै अंगमा महिलाको समानुपातिक समावेसीकरण हो । यहि नीतीलार्इ आत्मासात गर्दै पहिलो गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपति हुने अवसर पाउनुबाट बन्चित बनाइएकी स्व.आदरणिय नेतृ साहाना प्रधानलार्इ स्मरण गर्न यतिखेर उचित लाग्यो । तात्कालीन अवस्थामा एमालेले साहाना प्रधानको नाम प्रस्ताव गरेको भए सबै दलको सहमतीमा उनी राष्ट्रपतिमा निर्वाचित हुने प्रगाढ सम्भावनालार्इ थाती राख्ने काम गर्यो । एमाले पार्टीले भन्ने कुरा मिडियाबाट जानकारी भएको थियो । आखिर दुवै नेताका श्रीमती हुन् ।
साहाना प्रधान नेपाल कम्निस्ट पार्टी नेपालका सस्थापक नेता पूष्पलाल श्रेष्ठलाका धर्मपत्नी हुन । साहाना प्रधान जनआन्दोलन २०४६ सालको सफल सह कमाण्ड लगाएत पराष्ट्र र उपप्रधान मन्त्रि समेत भएकी एमालेको बरिष्ठ नेत्री थिए । विध्यादेवी भण्डारी दाँसढुँगामा षडयन्त्रपुर्बक मारिएका ततकालिन महासचिबका धर्मपत्नी नेत्री हुन । यहांनिर यहि विभेद भएको छ नेवारको श्रीमती र भण्डारी बाहुनको श्रीमतीमा ।
पार्टीमा योगदानको कुरो गर्दा आ-आफ्नो खालको योगदान दुवै नेतृहरूको होला । शुसिला श्रेष्ठद्वारा लिखित सहाना प्रधानको राजनैतिक जीवन सम्वन्धी पुस्तकबाट स्व. नेता पूष्पलाल श्रेष्ठलार्इ साथ दिदै , पार्टीमा र महिला सशक्तिकरणको आन्दोलनमा साहाना प्रधानको ठूलो योगदान रहेको स्पष्ट हुन्छ । राष्ट्रपती बन्नलार्इ साहानाको नामको पछाडिको प्रधान थर प्रतिकूल भएको थियो भने अहिले बिध्यादेवीको लागि आफ्नो थर अत्यन्त अनुकुल भएको हो भन्न सकिने अवस्था विधमान छ।
कुरो यस्तो गरियो भने जातिवादीको आरोप पनि धेरै खेपिएको छ , तर यहां जातीवादी काम गरिएको देखिएको कुरो चाहि गरिएको हो ।
नेतृत्व पंक्तिका नेताहरूको सोँच पहिल्यै परिवर्तन भएको भए आज आम नेपाली महिलाहरूले दोस्रा पनि महिला राष्ट्रपति पायौ भनेर खुशीले गदगद् हुने फेरी अर्को थप मौका हुन्थ्यो । तथापी पहिलो राष्ट्रपति महिला पाएकोमा हामी तमाम महिला गौरन्वान्वित हुनु स्वाभाविकै हो भने तमाम पुरूषहरूले पनि हाम्री छोरी पनि एकदिन यो देशको राष्ट्रपति जस्ता उच्च तहका पुग्न सक्छ भनेर गौरवानुभूती गर्न सक्नु पर्दछ ।
(लेखक नेपाल प्रहरीका अवकास प्राप्त नायब महानिरीक्षक (डिआईजी) हुन)