राज्यसत्ता,
पोखरा, ११ कात्तिक । अमेरीकी नागरीक हर्मन सि. फिसरले पोखरा २४ को धुवारकोट प्रावी र माया उथ्थान मञ्च प्रावीलाई आर्थिक सहयोग गरेका छन् । २०१२ देखि दि गोर्खाज रेञ्जरमा सेक्युरीटीहरुलाई प्रशिक्षण दिदै आएका फिसरले उक्त विद्यालयलाई १ लाख १० हजार सहयोग गरेका हुन् । उनले उक्त रकम गरीब बालबालीकाको शैक्षिक सामाग्री, पोशाकको लागि खर्च गर्न भनेका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै फिसरले आफु गरीब विद्यँर्थिहरुलाई सहयोग गर्न पाउदा खुसी भएको बताए । आगामी दिनमा पनि सहयोगको लागि सहकार्य गर्ने उनको भनाई रहेको छ । पोखराको गोर्खा रेन्जर सेक्युरीटीमा आफु आबद्ध भएको भन्दै उनले सोही संस्थाका प्रवन्ध निर्देशक महेश थापा मार्फत सहयोग गर्ने बताएका छन् ।
सहयोग रकम ग्रहण गर्दै माया उथ्थान मञ्च धुवारकोटका अध्यक्ष थम बहादुर थापाले सहयोग रकमले गरी विद्यार्थिहरुको शैक्षिक विकासमा थप टेवा दिने विश्वास व्यक्त गर्नु भयो । थोरै रकम भएपनि सहि सदुपयोग गरेर हामी विद्यार्थिहरुको शैक्षिक सामाग्री र पोशाकको लागि रकम खर्च गछौँ । उहाँको भनाई छ । कार्यक्रममा दि गोर्खा रेन्जरका प्रवन्ध निर्देशक महेश थापाले फिसरले नेपालको विभिन्न ठाउ“मा रहेका कगरीबलाई सहयोग गर्दै अँएको बताए । धुवारकोट प्रावीका सल्लाहाकार निम बहादुर गुरुङले फिसरले दिएको रकम सहि ठाउ“मा सदुपयोग हुने विश्वास व्यक्त गरे ।
उनले सिन्धुपाल्चोकमा केहि समय पलिा पनि फिसरले भुकम्प पिडीतलाई सहयोग गरेका थिए । फिसरले धुवारकोट प्रावीलाई ७५ हजार र माया उथ्थान मञ्च लाई ३५ हजार सहयोग गरेका हुन् । फिसरले सहयोग गरेको २ विद्यालयमा करीब २५ जना विद्यँर्थिहरु अध्ययनरत छन् ।
