देब पचभैया
पाल्पा, कार्तिक ४
वडा दशैको अवसरमा जिल्ला कारागार पाल्पाबाट २२ जना कैदीलाई बॉकी कैद मिनाह गरी छुटकारा दिइएको छ । दशैमा देशभरीका कैदीहरुलाई कैद छुट दिने नियम अनुसार पाल्पाबाट ४० देखि ६९ प्रतिशत कैद भुक्तान गरेका २ महिला र २० पुरुषलाई छुटकारा दिइएको हो । जिल्लाको सिफारिसको आधारमा केन्द्रिय कारागारको निर्णय अनुसार ४० प्रतिशत कैद भुक्तान गरेका, असल चालचलन भएका र नकारात्मक सुचीमा नपेरकालाई बॉकी कदै मिनाह गरिएको प्रमुख जिल्ला अधिकार प्रेमलाल लामिछानेले बताए । पाल्पाका ७ , रुपन्देहीका ३, मकवानपुर ३ सहित १२ जिल्लाका विभिन्न मुद्दामा कैद भोगीरहेकालाई छोडिएको हो । १२ जना कर्तब्य ज्यान, ६ जना डॉका र चोरी, २ जना ज्यानमार्ने उद्योग, एक जना सवारी ज्यान र एक जना हतहतियार खरखजनाको मुद्दामा कैद भोगेकालाई छोडिएको हो । जिल्ला कारागार पाल्पामा २ सय ४२ पुरुष, ८० महिला र ७ आश्रित बालबालिका रहेका छन् भने १२ विदेशी समेत छन् ।
