जनजाति महासंघ पाल्पाको बिशेष भेला सम्पन्न

Read Time:2 Minute, 38 Second

देब पचभैया

पाल्पा, कार्तिक १ – नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् पाल्पामा आवद्ध प्रतिनिधिमूलक जातीय संस्थाहरूको प्रमूख तथा प्रतिनिधिहरूको उपस्थितिमा पाल्पाको तानसेनमा बिशेष भेला सम्पन्न भएको छ ।

भेलाले नेफिनका निवर्तमान उपाध्यक्ष रामबहादुर गरम्जा (एस.कुमार) को संयोजकत्वमा ११ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् पाल्पाको विशेष अधिवेसन तयारी समिति गठन गरेको छ । जसको सदस्यहरूमा योगबहादुर कुमाल, प्रेमसागर शाही, सन्तबहादुर बोटे, बिन्दु तामाङ्ग, बिष्णुबहादुर दरै, त्रिपुल चौधरी, सन्तोष गुरुङ, मित्र बान्तवा राई, शेर बहादुर शेरचन र मधुसुधन घर्ति रहेका छन ।

भेलाले ३५ दिन भित्रमा विशेष अधिवेशन गर्ने निर्णय गरेको छ । भेलामा नेपाल मगर संघका केन्द्रिय सदस्य गमबहादुर थापा, नेफिन सल्लाहाकार गिरबहादुर थापा, कुमाल सुधार समितिका अध्यक्ष जिरा बहादूर कुमाल, नेवा दय दबु पाल्पाका सचिब प्रेमसागर शाही, नेफिन सल्लाहाकार लिला सोमै, नेफीन सल्लाहकार नविन थापा, नेपाल मगर संघका पूर्ब केन्द्रिय सदस्य लालकुमारी राना, नेपाल मगर संघका पूर्ब केन्द्रिय सदस्य भोगबहादुर थापा, बुद्धिजीबी निर्मल श्रेष्ठ, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष त्रिपुल चौधरी, बोटे सेवा समाजका अध्यक्ष सन्तबहादुर बोटे र बिन्दु तामाङ्ग लगायतले चाँडो भन्दा चाँडो अधिवेशन गरी जुझारु, कामयावी र गतिशील संगठन निर्माण गर्न तयारी समितिलाई सुझाव तथा सल्लाह दिएका थिए ।

भेला योगबहादुर कुमालको सञ्चालन र नेपाल मगर संघका सचिव रामबहादुर गरम्जा (एस.कुमार) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %