सोनु थापा मगर
बुटवल,कातिक १- सरकारले शहीद क्या.लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेर सम्मान गरेको भन्दै शुक्रबार मणिग्राम रुपन्देहीमा अक्षयकोष—२०५६ ले आयोजित गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारलाइ धन्यबाद दिएका थिए ।
प्रथम शहीद घोषणा गरेर सरकारले राम्रो गरेको भएपनि घोषणा अपुरो रहेको गुनासो गरेका छन् । प्रथम शहीद क्या.लखन थापा मगरलाई नेपाल सरकारले प्रथम शहीद घोषणा गरेको ऐतिहासिक निर्णयको स्वागतार्थ प्रथम शहीद लखन थापा मगर अक्षयकोष—२०५६, रुपन्देहीले मणिग्राममा आयोजना गरेको स्वागत तथा धन्यवाद कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त गुनासो गरेका हुंन् ।
कार्यक्रममा बोल्दैं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले लखन थापालाई प्रथम शहीदको दज्र्यानी दिनु सबै नेपालीका लागि गौरवको विषय भएको बताए । प्रथम शहीद लखन थापाकैं देनले गर्दा मुलुकले लोकतान्त्रिक गणतान्त्रिक संविधान प्राप्त गरेको बताए। नेपाल मगर संघ, रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले जारी संविधान संशोधन गरेर भएपनि शहीद लखन थापालाई प्रथम शहीद भनेर सुचिकृत गर्नुपर्ने खाँचो औल्याएका थिए । सरकारले थापालाई शहीद घोषणा त गर्यो तर मिडियामा नल्याउँनु दुःखद भएको बताए ।
चालु संसदका सभामुखलाई धन्यवाद तथा स्मरण पत्र प्रमुख जिल्ला अधिकारी मार्फत ठाईएको छ । उक्त पत्र कोषका अध्यक्ष माथवर सीह सलामीले हस्तान्तरण गरेका थिए । स्मरण पत्रमा लखन थापा मगरलाई प्रथम शहीदको सम्मान दिएर ढिलै भएपनि शहीद प्रति न्याय गरेकोमा धन्यवाद सहित उहाँको थर मगर लेख्न छुटाईएकोमा यो सच्याउन सरकारलाई स्मरण पनि गराईएको छ ।
कोषका अध्यक्ष माथवर सिंह सलामीको अध्यक्षतामा सदस्य कमल थापाको संचालन तथा उपाध्यक्ष कमला बहिक पुनको स्वागतमा भएको कार्यक्रममा नेपाल मगर महिला संघ, रुपन्देहीकी उपाध्यक्ष केशरी गाहा, नेपाल मगर संघ तिलोतमा नगर समिति अध्यक्ष प्रेम थापा मगर, संघीय गणतान्त्रीक जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, नेकपा– माओवादी रुपन्देही जिल्ला संयोजक भूलबहादुर सुनारी, आदिवासी जनजाति महासंघ तिनपा रुपन्देही अध्यक्ष शंकर गाहा मगर, नेपाल मगर महिला संघ तिलोत्तमा नगर अध्यक्ष मिन कुमारी पाटा मगर, अक्षय कोषका सल्लाहकार खेम पुन मगर लगायतले बोलेका थिए ।
एकछत्र एवं निरङ्कुस जहानियां राणा शासनको विरुद्ध गोरखामा विद्रोह गर्दा ४२ वर्षिय लखन थापा मगरलाई वि.स.१९३३ साल फागुन २ गतेमा जंगबहादुर राणाद्धारा फाँसी दिइएको थियो ।
लामो समयको आन्दोलनपछि २०५६ सालमा शहीद घोषणा गरिएको थियो । त्यस पछि प्रथम शहीद घोषणा गर्न नेपाल मगर संघ लगायत विभिन्न संघ संस्थाहरुले माग गरे पनि सरकारले आनाकानी गरिरहेको थियो ।
अन्तमा शहीदको सम्मानमा नेपाल सरकारले २०७२ साल असोज ३ गते प्रथम शहीदको दज्र्यानी दिएको हो । १३९ वर्षपछि मात्र उहांलाई सरकारले प्रथम शहीदको दज्र्यानी दिएर सम्मान गरेको हो । कार्यक्रममा अक्षयकोषका सचिव दुर्गा थापा, लेखक लोकनेस ढेङ्गा, कांग्रेस नेता बावुराम राना, मगर युवा अभियन्ता बसन्त थापा, ज्ञानबहादुर थापा लगायत बुद्धीजिवी तथा स्थानिय संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
