माटेपानी मगर युवाको अध्यक्षमा राजु थापामगर

Read Time:2 Minute, 57 Second

रूद्र श्रीसमगर

पोखरा, ३० असोज – नेपाल मगर संघ माटेपानी एकाइ समिति अन्तर्गतका मगर युवाहरू संगठित भएका छन् ।

शनिबार भएको मगर युवाहरूको भेलाले राजु थापामगरको अध्यक्षतामा १५ सदस्यीय नेपाल मगर युवा संघ माटेपानी एकाइ समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्रिती रानामगर, सचिवमा डोलबहादुर थापामगर, सह–सचिवमा विराज थापामगर र कोषाध्यक्षमा झुमा थापामगर रहेका छन । त्यसैगरी, सदस्यहरूमा सुनिल श्रीसमगर, विशाल थापामगर, ज्योति थापामगर, तुलसी थापामगर, उत्सव रानामगर, राजु थापामगर, केशव मास्कीमगर, पुष्कर थापामगर, विक्रम थापामगर र रक्षा आलेमगर सर्वसम्मत चयन हभएका छन ।

यसअघि, मगर युवा भेलाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका प्रचारप्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगरले मगर युवाहरू मगर संघको मेरुदण्ड भएको बताए । समाज र देशको समृद्धि युवाहरूको काँधमा रहेको भन्दै श्रीसमगरले मगर जातिको भाषा, धर्म, संस्कृति र भेषभूषासहितको पहिचान जोगाउन अग्रसर रहन मगर युवाहरूलाई आग्रह गरे ।

आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल मगर संघ कास्कीका सह–कोषाध्यक्ष रामबहादुर थापामगरले मगर युवाहरू कसैको दास हुन नहुने भन्दै आफ्नो अधिकारका लागि अब संघर्ष गर्न मगर युवाहरू तयार रहनुपर्ने बताए ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका पूर्व कोषाध्यक्ष भीमबहादुर मास्की रानामगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ माटेपानी एकाइ समितिका पूर्व सचिव राजु थापामगर, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिका उपाध्यक्ष दुर्गा रानामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जीतबहादुर अस्लामीमगर र उपाध्यक्ष मानबहादुर थापामगरले स्वागत गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %