मगर संघ हेम्जाको नवनिर्मित भवनको उद्घाटन

Read Time:2 Minute, 51 Second

रूद्र श्रीसमगर

पोखरा, ३० असोज – नेपाल मगर संघ हेम्जा एकाइ समितिको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै रानामगरले मगर जातिलाई अहिले नयाँ संविधानले प्रदेश सीमाङ्कनका क्रममा टुक्रा टुक्रा पारिएकोले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलकबहादुर रानामगरले मगर जाति र मगरात भूमिलाई छिन्न भिन्न पारिएको विरुद्धमा भएको आन्दोलन अझै नरोकिएको बताउँदै छिटै छलफलबाट आन्दोलनको नयाँ कार्यक्रम ल्याइने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका सहसचिव संगीता पुनमगर, नेपाल मगर संघ हेम्जा एकाइ समितिका संस्थापक अध्यक्ष मानबहादुर थापामगर, नेपाल मगर महिला संघ कास्कीका उपाध्यक्ष नुनु रानामगर, नेपाल मगर संघ नयाँबजार एकाइ समितिका अध्यक्ष दुर्गाबहादुर थापामगर, समाजसेवी ठूलो मुक्तिराम भण्डारी, नेपाल मगर युवा संघ हेम्जा एकाइ समितिका अस्मिता रानामगर, नेपाल मगर विद्यार्थी संघका सुस्मिता रानामगरलगायतले बोलेका थिए ।

कार्यक्रममा २०७१ सालको प्रवेशिका परीक्षा उत्तीर्ण मगर विद्यार्थीहरू तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा ठूलो शेरबहादुर रानामगर, मानबहादुर थापामगर र खड्कबहादुर थापामगर रहेका थिए । त्यस्तै, सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरूलाई मायाको चिनो र पूरानो कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

एकाइ अध्यक्ष क्षेत्रबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विना थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %