आपसी मतभेद अन्त्य नभएसम्म समयमै शान्ति र संविधान असम्भव : उपसभामुख

Read Time:1 Minute, 12 Second

कपिलवस्तु), २५ माघ
संविधानसभाका उपसभामुख पूर्णकुमारी सुवेदीले ठूला राजनीतिक दलहरूको आपसी तिक्तता र गतिरोध अन्त्य नभएसम्म देशमा संविधान लेखन र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नसकिने ठोकुवा गरेकीछन ।

कपिलवस्तुको चन्द्रौटा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूको सत्ता बाँडफाँडको खिचातानीका कारण देश हालसम्म अनिर्णयको बन्दी बनेको आरोप लगाइन ।

उपसभामुख सुवेदीले सबै राजनीतिक दलहरूको आपसी सहमति र सहकार्य भए यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि आफूले सहयोग पु¥याउने प्रतिवद्धता जनाइन ।

साथै उनले कपिलवस्तुका घटनालाई छानवीन गर्न बनेको मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने वताइन  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %