माया घले मगर
इजरायलमा केहि समय यता देखि सांघातिक हमला भईरहेको छ । बिशेस गरी अरबीकहरुले ठाउँ ठाउँमा छुरी प्रहार गर्ने गतिविधिलाई अगाडी बढाएको छ । यसै शिलसिलामा इजरायली सुरक्षाकर्मीले चेकजाँचलाई तिब्र बनाएको छ ।
यस्तो अवस्थामा आफ्नो सुरक्षाको लागि सके सम्म बिना काम अनावश्यक रुपमा भिडभाड स्थलहरुमा भ्रमण नगर्न राजदुताबासले अत्यन्तै जरूरी सुचना जारी गरेको छ । घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा आफ्नो परिचय पत्र वा पासपोर्ट साथमा लिएर हिड्न र सुरक्षाको लागि बर्दिवाला प्रहरी वा सिभिल ड्रेसका प्रहरीले सुधपुछको लागि रोकिएमा बेवास्ता गर्दै अगि नबढ्न अनुरोध गरिन्छ ।
आफु रहेको स्थानमा नै टक्क उभिने र उनीहरुले नमागे सम्म परिचय पत्र वा पासपोर्ट निकाल्न गोजी तथा झोला भित्र हात घुसार्ने कार्य नगर्नु होला । किनकी सुरक्षाकर्मीले धारिलो हतियार वा चक्कु खोज्न वा निकाल्न लागेको शंका गरी गोलि हान्न सक्छ । अर्थात् सुरक्षाकर्मीलाई गोलि हान्ने आदेश दिई सकेको छ । सुरक्षाकर्मीले परिचय पत्र वा पासपोर्ट देखाउन भने पछि मात्रा गोजी वा झोलामा हातबाट निकालेर देखाउनु उपयुक्त हुन्छ । आफु सतर्कताहौऔ र माथिको कुराहरुको ख्याल राखौ अनि आफ्नो साथीभाइहरूलाइ पनि सुझाब दिदा राम्रो हुनेछ ।
सतर्कता अपनाउने सम्बन्धमा नेपाली राजदुतावास,तेलअविव,इजरायल ,इजरायलमा रहेका विभिन्न संघसंस्थाहरुले समेत अनआवश्यक रुपमा भिडभाडमा नडुल्न , जेरुसलम एरिया , वोल्ड सिटी र बेत्लेखेम क्षेत्रतिर भ्रमण नगर्न सुझाब दिंदै सूचना जारी गरी सकेका छन् ।