अध्यक्षले मनोमानी गरेपछि पदाधिकारीले दिए राजीनामा

Read Time:1 Minute, 59 Second

देब पचभैया

पाल्पा, असोज २९ – नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्यले मनपरी गरेको भन्दै ८ जना पदाधिकारी तथा सदस्यले सामुहिक राजिनामा दिएका छन ।

आज पत्रकार सम्मेलन गरि गत साउन १७ गते दिएको सामुहिक राजीनामा वारे जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपाध्यक्ष रामबहादुर गरम्जाले अध्यक्षले व्यक्तिगत रुपमा संस्था चलाएको, संस्थाको आर्थिक गतिबिधि बुझबुझारथ नलिएको, बैठक नराखेको र लक्षित वर्गको बजेट समेत हिनामिना गरेको आरोप लगाए ।

११ वटा जातीय संस्था आबद्ध भएर बनाइएको महासंघका ८ वटा जातीय संस्थाका प्रतिनिधिले राजीनामा दिएका हुन् । यस्तै अध्यक्ष त्रिरन्तलाल शाक्य आबद्ध रहेको जातीय संस्या नेवा देय दबू शाखाले समेत शाक्यको गतिबिधि पारदर्शी नभएको, व्यक्तिगत रुपमा चलेको आरोप लगाएको छ । संस्थाका सचिव प्रेमसागर शाहीले अध्यक्षले व्यक्तिगत रुपमा नेवारहरुको संस्थाको बदनाम गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष गमबहादुर थापाले उनलाई आन्तरिक लेखापरीक्षण समितिले तयार पारेको प्रतिवेदन समेत बुझ्न नमानेर एक्लौटी रुपमा चलेको बताए ।

पत्रकार सम्मेलन महासंघका उपाध्यक्ष रामबहादुर गरम्जाको अध्यक्षतामा चलेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %