आदिबासी जनजाति कर्मचारीको शुभकामना कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 15 Second

देब पचभैया

पाल्पा, असोज २६ – हिन्दुहरुको महान चाड विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

 

नेपाल आदिवासी जनजाति कर्मकारी मन्च पाल्पाको आयोजनामा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । नेपाल मगर संघ पाल्पाको कार्यालय बडिज्ञान टोलमा भएको कार्यक्रममा बोल्दै पाल्पाका सहायक प्रमूख जिल्ला अधिकारी विष्णुबहादुर घर्तीले विजयादशमी, दिपावलीले सबैमा आपसी सद्भाद् र एकीकृत भएर अघि बढ्ने प्रेरणा मिल्ने बताए ।

उनले छठ र नेपाल सम्मतको अवसरमा सबैलाई शुभकामना दिए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य गमबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष त्रिरत्नलाल शाक्य, नेपाल विद्यार्थी संघका अध्यक्ष राधाकृष्ण दंगाल, ननसम्बाद साप्ताहिकका सम्पादक रिखिराम राना लगाएतले शुभकामना दिए ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका क्षेत्रीय अध्यक्ष देब पचभैया, आदिवासी जनजाति महिला महासंघका सौन्दर्यवती शाक्यलगायतको उपस्थिति थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजातिसहित सबैलाई एकताबद्ध भएर अघि बढ्न चाडवर्पले उत्साह थप्ने बताएका थिए । मन्चका अध्यक्ष लोकेन्द्र थापको अध्यक्षता र सचिव हरिबहादुर सारुको संचालनमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । यस्तै मन्चको बैठक बसेर संस्था दर्तासहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको सचिव हरिबहादुर सारुले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %