केपी ओली गठबन्धनको आयु कति ?

Read Time:5 Minute, 26 Second

टेकबहादुर थापा-राजेश

भारतीय हितमा महाकाली सन्धि गराउन महत्वपूर्ण भूमिका खेलेका केपी ओलीलाइ एमाले भित्र भारत परस्त नेताको रुपमा दुनियाले बुझ्दै आएको थियो । भनिरहनु पर्दैन ओली नेपाली जनताले अत्यन्तै कम मन पराउने नेता भित्र पर्दछन । यसो हुनुमा पहिलो कारण अनुदारबादी शक्ती (Conservative Force) का नायकको रुपमा उनको छबि निर्माण भएकोछ । उनी आदिवासी जनजाती, खस, मधेसी ,मुस्लिम, दलित उपर राज्यले गरेको भेदभाबको अन्त्य गर्न नचाहने र पुरानै ब्राहमणबादी संरचना कायम गर्न भगीरथ प्रयत्न गर्दै आएका कारण उत्पीडित नेपाली जनता माझ अलोकप्रिय छन् । उनकै कारण नया संबिधानमा हिन्दु धर्मले नया स्वरुपमा सनातन धर्मको नाममा संबैधानिक मान्यता प्राप्त गरेकोछ । उनी स्वाभिमानी नेपालीका आखामा पनि लोकप्रिय छैनन्, त्यसो हुनुका दुइ कारण छन्, पहिलो, हिजो उनले खेलेको भारत परस्त भूमिका, दोश्रो, उनले आफ्नो उपचारको निम्ति राज्यको ढिकुटीको ब्रम्हलुट । उनको रुखो टिप्पणी ,शैक्षिक स्तर माध्यमिक स्कुल तह सम्म (१०कक्षा)मात्र,एउटा राष्ट्र प्रमुखले हासिल गर्नु पर्ने उच्च शिक्षा अध्ययनको कमिका कारण पनि अलोकप्रिय मानिन्छन ।

मधेसी आन्दोलनका सन्दर्भमा भारतीय शासक बर्ग र नेपालको अनुदारबादी शक्तिका बीच देखिएको मत भिन्नताका कारण ओली नेपालका ३८औ प्रम भन्न सफल भएका छन् तर अत्यन्तै अपवित्र गठबन्धन मार्फत उनको यो गठबन्धनको आयु त्यति लामो देखिदैन । उनका आगाडी मधेस आन्दोलन र भारतीय नाकाबन्दी चुनौतीका रुपमा रहेकाछन । यी दुवै समस्या समधान गर्नको निम्ति ओलीले भारतीयपक्षसंग नया सन्धि, सम्झौता गर्ने पर्ने हुन्छ । जुन सम्झौता पछि उनको सरकारको आयु पनि समाप्त हुनेछ किन भने ओलीले भारतीय पक्षसंग केहि त्यस्ता सम्झौताहरु गर्नु पर्ने छ जुन सम्झौता पछि गठबन्धन भित्रको एमाओबादी घटक सरकारबाट बाहिरिन बाध्य हुने छ । एमाओबादीका एक नेता आहुतिले ओलीको आगमनलाई केवल राजनीतिक ‘सहजक्रिया’को रुपमा चित्रित गरेका छन् । एमाओवादीको सहयोगमा ओलीको विजयलाई उनले भनेकाछन् भारतसँगको जीत, कम्युनिस्ट एकता फगत दिग्भ्रम मात्र हुन् । बास्तविक नेपाली जनता र राष्ट्रको प्रगतिको मूल यात्रसँग यो घटनाको दीर्घकालीन सकारात्मक साइनो केही पनि छैन ।

भारतीय पक्षले भारत भ्रमणको निम्तो दिसकेको छ र उनको पहिलो विदेश भ्रमण भारतनै हुने निश्चित छ । त्यो भ्रमण चाडो भन्दा चाडो हुने सम्भावना देखिन्छ । किनकी भारतीय नाकाबन्दीको अन्त्य प्रम स्तरको सहमतिबाट मात्र सम्भब हुने स्थिति बढेको छ । भारत भ्रमणका बखत ओलीले भारतीय पक्षसंग सम्झौता गर्नु पर्ने पक्षहरु निम्न रहेकाछन ।

१, चीनसंगको नाका नखोल्ने र चीनसंग कुनै पनि किसिमका ब्यापारिक सन्धि सम्झौता नगर्ने ।

२, बिबादित लिपुलेक, केरुङ र ठोरी हुदै भारतलाई चिनसंग ब्यापार गर्न जानको निम्ति नेपालले सहमति जनाउने ।

३, लामो समय देखि भारतले प्रस्ताब गर्दै आएको नेपालमा भारतीय स्काई मार्शल राख्न दिन सहमती गर्ने ।
४, निजगढ एयरपोर्ट र काठमाडौँ जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय पक्षलाइ दिने लगायतका सम्झौता ।
५, म्याद सकिएका जलबिध्धुतिय आयोजनाको नबिकरण गरी भारतिय कंपनीलाई लाईसेन्स दिने सहमती गर्नु पर्ने हुन्छ ।
६, बिराटनगरमा रहेको भारतिय दुताबासको क्याम्प अफिसलाई दोस्रो माहाबाणिज्य दुताबास खोल्न दिने सहमती पनि भारतीय पक्षको प्राथमिकतामा छ ।
७, नेपालको बाटो प्रयोग गरी भारतमा हुन सक्ने आतंककारी गतिबिधीलाई नियन्त्रण गर्नका लागी त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थलमा भारत सरकारलाई अत्याधुनिक मेशिन लगाउने सहमतिमा ओलीले हस्ताक्षर गर्नु पर्ने हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %