सहकारीले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउनुपर्ने

Read Time:2 Minute, 13 Second

गोविन्द घर्ती

देवदह , असोज २३ – सहकारीले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउनुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले सहकारीहरु उत्पादनको क्षेत्रमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था देवदह, भलुहीको तेश्रो बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य एवं कोलिय साकोसका सल्लाहकार संयोजक प्रकाश अर्यालले सहकारी नीतिमा संचालन हुनु पर्नेमा जोड दिएका थिए । उनले सहकारीका सिद्धान्त र मुल्यमान्यता अनुसार चल्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष लेटबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी देवदहका संयोजक मोतीलाल ढकाल, तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडक बहादुर क्षेत्री, देवदह साप्ताहिकका त्रिलोचन दहाल, पल्लवी साकोसाका भिमप्रसाद न्यौपाने, सल्लाहकार केशवप्रसाद भट्टराई लगायतले बोल्दै शेयर सदस्यलाई आत्मनिर्भर बनाउन सहकारीले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा उत्कृष्ट विद्यार्थी, बचतकर्ता, ऋणी, बृद्ध लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष लेटबहादुर पुनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीतबहादुर पाईजाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष चन्द्रबहादुर विकको स्वागत र सचिव होमनाथ ढुगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %