संग्रहालयमा तीन भाषामा मगर जातिको अभिलेख

Read Time:2 Minute, 0 Second

रूद्र श्रीसमगर

पोखरा, २३ असोज – पोखरा–१७, रातोपैह्रोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्य जातिका झैं नेपालको प्रमुख आदिवासी जनजाति समुदाय मगर जातिका परम्परागत पहिचान बोकेका विभिन्न सामग्री राखिएका छन् ।

 

नेपाल मगर संघ कास्कीको विशेष पहल र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा मगर जातिका पुर्खाले प्रयोग गर्दै आइरहेका सामग्रीदेखि हाल मगर समुदायमा प्रचलित सांस्कृतिक महत्व बोकेका विभिन्न सामग्री सो संग्रहालयमा राखिएका हुन् ।

शनिबार मगर जातिका सांस्कृतिक सामग्री र मगर जातिको बारेमा जानकारी दिन तीन भाषामा छुट्टै अभिलेख राखिएको छ । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अगुवाइमा संग्रहालय पुगेको मगर संघको टोलीले अख्खा लिपिमा लिखित मगर भाषा, देवनागरी लिपिमा लिखित नेपाली तथा रोमन लिपिमा लिखित अंग्रेजी भाषामा तयार पारिएको अभिलेख संग्रहालयका प्रमुख बलप्रसाद राईको विशेष उपस्थितिमा राखेको हो ।

अभिलेख राखिएपछि अब मगर जातिका बारेमा जान्न चाहनेले तीन भाषामा लिखित अभिलेख पढेर जान्न सक्ने बताउँदै संघका अध्यक्ष रानामगरले नेपाल मगर संघ कास्कीको कार्यालयमा पनि तीन भाषाका जानकारीमूलक अभिलेख राखिने जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %