माया घले मगर
ईजरायल , असोज २२ – ढाड भाँचिएर उपचार गराइरहेकी कल्पना सुब्बाको उपचारार्थको लागि इजरायलमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन ।
इजरायलमा रहेका नेपालीहरुले लामो समयदेखि ढाड भाँचिएर उपचाररत धनकुटाकी कल्पना सुव्वाको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेका हुन् ।
धनकुटा स्थाई घर भई विराटनगर अमर टोलमा डेरागरी बस्दै आइरहेकी कल्पना सुब्बाको एक बर्ष अघि बुढासुब्बा मन्दिर दर्शन गर्न गएको बेला एक
किशोरीलाई बचाउने क्रममा लडेर ढाँड भाचिएको थियो । करिव १ बर्ष अघि देखि निरन्तर उपचार गराउदै आएकी सुव्वाको स्वास्थ्य अवस्थाको दर्दनाक समाचार विभिन्न सामाजिक सञ्जलहरु मार्फत सार्वजनिक भए पश्चात उनको उपचार सहयोगार्थ इजरायलमा कार्यरत कादम्बरी दाना श्रेष्ठको विशेष सक्रियतामा संकलित रु १ लाख २५ हजार रुपैयाँ गत आश्विन १५ मा उद्योग वाणिज्य संघ ईटहरीका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय जागृत क्लवका अध्यक्ष समाजसेवी ईश्वरी पराजुलीको सभापतित्वमा आयोजित एक विषेष कार्यक्रमकाविच हस्तान्तरण गरिएको थियो ।
रकम बुझ्दै सुब्बाले सहयोगी मनका धनि इजरायलवासी सम्पूर्ण नेपाली दिदिबहिनि तथा दाजुभाईहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेकी छिन । सुव्वाले आफ्नो
उपचारकोलागि प्रत्येक महिना तिस हजार रुपैयाँ भन्दा बढी अस्पतालको खर्च लाग्ने गरेको बताउदै आफूसँग भएको सम्पूर्ण सम्पत्ति उपचारबाटै सकिएकोले आर्थिक
सहयोगको लागि विभिन्न संचार माध्यम मार्फत अनुरोध गरेको बताइन । तत्पश्चात उहाँको थप उपचारको लागि सहयोगी मनका धनि इजरायलवासी नेपालीहरुबाट
संकलित रकमलाई कादम्बरी दाना श्रेष्ठको विशेष पहलमा नेपाल पठाईएको जनाइएको छ ।
इजरायलबाट सहयोग गर्नुहुने सहयोगीहरुको नामावली निम्न प्रकार रहेको छ :
१. कादम्बरी दाना श्रेष्ठ १०८.०० डलर
२. सुभास खरेल १००.०० डलर
३. विजय श्रेष्ठ १००.०० डलर
४.लक्ष्मी सुब्बा श्रेष्ठ २००.०० निस
५.अनिल सिंह राजपुत २००.०० निस
६. जीवन लिम्बु १५०.०० निस
७. नयन इम्सोंग लिम्बु १५०.०० निस
८. हेलम्बु कान्छी सेपा १५०.००
९.शरिन ख्यङ्वा तामांग १०८.०० निस
१०.टिका लिम्बु गुरुङ १०५.०० निस
११. बर्षा पाण्डे १०५.०० निस
१२. सुन्दर सिह लामा तामांग १०२.०० निस
१३. माया चोम्जुंग १०१.०० निस
१४. सकुन राइ लिम्बु १०१.०० निस
१५. नुतन भुसाल १०१.०० निस
१६. नुमा बखिम लिम्बु मादेन १०१.०० निस
१७. सुनील श्रेष्ठ १०१.०० निस
१८. प्रदिप भागेला १०१.०० निस
१९.तेजिन सेर्पा १०२.०० निस
२०.मदन नेगि १००.०० निस
२१. पुनम लामा १००.०० निस
२२. माला खनाल १००.०० निस
२३. उमेश कुमार श्रेष्ठ १००.०० निस
२४. बिनु भट्टराई १००.०० निस
२५. अम्बिका सुबेदी १००.०० निस
२६,.एन्जला श्रेष्ठ १००.०० निस
२७.पासाङ् सेर्पा १००.०० निस
२८. किरण गुरुङ १००.०० निस
२९. डोल्मा सेर्पा २०.०० निस
३०. कमला गुरुङ ५५.०० निस
३१. निश्चल श्रेष्ठ ५१.०० निस
३२. जिम्मी योगाचार्य ५१.०० निस
३३.आनन्द राइ लिम्बु ५१.०० निस
३४. बबिता श्रेष्ठ ५१.०० निस
३५. रेखा श्रेष्ठ ५१.०० निस
३६. सुनिता राइ देवान ५१.०० निस
३७.समिता गुरुङ ५१.०० निस
३८.सान्ति तामांग ५१.०० निस र
३९.चन्द्र माया तामांग ५०.०० निस ले सहयोग गरेका छन् ।