इजरायलमा चलचित्र कुसुम भव्यताका साथ प्रदर्शनी भयो

Read Time:2 Minute, 54 Second

माया घले मगर

तेलअभिब , १९ असोज – गत १८ सेप्टेम्बर बेलुका तेलअभिब स्थित लेभान्डा – ३२ मा रहेको हलमा शेर्पा संघ इजरायल द्वारा रामेछाप जिल्लामा रहेको शेर्पा अनाथ बालबालिकाहरुको सहयोगार्थ शेर्पा भाषा र संस्कृतीमा आधारित चलचित्र कुसुम भव्यताका साथ प्रदर्शन भएको छ |

(शेर्पा स्कुल परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै )

 


  अनाथ बालबालिकाहरु पठनपाठन गर्ने बिध्यालय गत बैसाख महिनाको महाभुकम्प र पराकम्पनमा परी भग्नावेश भएको   बिध्यालयलाई चलचित्रबाट उठेको नेपाली रुपियाँ ८० हजार  र  संस्थाका  निबर्तमान अध्यक्ष श छिरीङ शेर्पा ज्युले नेपाली रुपियाँ २० हजार थप गरी  जम्मा नेपाली रुपियाँ १ लाख  २३ सेप्टेम्बरका दिन  शेर्पा अनाथ बिध्यालय परिवारलाई बिध्यालय निर्माणको लागि  हस्तान्तरण गरेको  जानकारी संस्थाका अध्यक्ष दावाछिरिङ शेर्पाले जानकारी दिनु भएको छ |

चलचित्र  प्रदर्शनी कार्यक्रममा करिब १४० जनाको उपस्थिती रहेको थियो | निबर्तमान छिरीङ शेर्पा ज्युको यो हार्दिकता प्रति शेर्पा संघ इजरायल द्वारा  हार्दिक धन्यबाद ब्यक्त गर्नुका साथै  चलचित्र हेर्ने दौरानमा ती अनाथ हरुको निम्ति हार्दिकता जताई हामीलाई सहयोग पुर्याउनु हुने सहयोगीदाता  महानुभावहरु प्रति  शेर्पा संघ इजरायल हार्दिक धन्यबाद व्यक्त गरेको छ | साथै चलचित्र हेर्न आउनु भएका सम्पूर्ण महानुभावहरुलाई पनि  संस्था द्वारा हार्दिक धन्यबाद व्यक्त गरेको छ |

चलचित्र निर्माता निर्देशक साथै सम्पुर्ण युनिटलाई पनि धन्यबाद र भविष्यमा अझ यस्ता शेर्पा भाषा संस्कृती संग जोडिएका चलचित्रहरु बनोस् भन्ने कामना सहित अनाथ बालबालिका जो बाबु आमा बिहिन छन् तिनीहरु कोही कसैपनि शिक्षाको उज्यालो घामबाट बन्चित हुनु नपरुन भन्दै शेपा संघ इजरायल  द्वारा ती भाइबहिनीहरु सबैमा उज्जल भविष्यको लागि कामना व्यक्त गरेको छ |

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %