प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातबासीलाई अन्याय भएको छ : डा.भट्टराई

Read Time:3 Minute, 48 Second

देब पचभैया

पाल्पा, असोज १८ गते – पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले आन्तरिक समस्या समाधान नगरी बिदेशीलाई समस्यामा खेल्न दिन नहुने बताएका छन । उनले देशभित्रको समस्या समाधान नगरी साइकल र टुकी बाल्छौँ भन्नेहरु सच्चा राष्ट्रवादी नभएको आरोप लगाए ।  

मगर राष्ट्रिय मुक्ति मोर्चाले पाल्पाको तानसेनमा सोमबार गरेको पहिचान र अधिकारको निम्ति मगरात संघर्ष विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन । भारतले अघोषि रुपमा गरेको नाकाबन्दीको सबैले बिरोध गर्नुपर्ने बताउँदै उनले भारतीय हस्तक्षेप निन्दनीय भएको बताए । उनले मधेशको समस्या, थारुको समस्या समाधान गरेर सबैले एक भएर राष्ट्रको लागी लड्नुपर्नेमा जोड दिए ।

उत्पीडित समुदाय र क्षेत्रले अधिकार माग्दा राष्ट्रघाती देख्नेहरु ढोगी राष्ट्रवादी भएको आरोप उनले लगाए । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार माग्दा विदेशीको एजेण्ट देख्नेहरु सच्चा राष्ट्रवादी नभई ढोंगी भएको र उनीहरु दिउँसै रात पार्नेहरु भएको आरोप लगाए ।

सबै क्षेत्र, समुदाय र जाति अधिकारसम्पन्न भए मात्र देश समृद्ध हुने बताउँदै उहाँले जनताले गरेको आन्दोलनलाई समर्थन गर्दा उस्कायो भन्नेको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । जनयुद्ध र विभिन्न कालखण्डमा मगर समुदायले गरेको गौरवपूर्ण बलिदानलाई बिर्सन नहुने भन्दै भट्टराईले प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातबासीलाई अन्याय भएको स्वीकार गरे ।  

आफूले प्रदेश विभाजनमा मगरात क्षेत्रलाई मिलाउनुपर्ने दृढ मत राखेपनि प्रचण्डले अन्तमा जुन काठको बोक्रा हो त्यसैमा टासिएझै केपी ओलीको प्रस्तावमा सहमति जनाएको बताए । मैले संसदीय दलको बैठकमा समेत विगतका सहमति र सम्झौताभन्दा फरक ढंगले जान हुँदैन भनेको थिए, तर प्रचण्डले पछि केपी ओली पथमा हिडे ।

पार्टीबाट राजीनामा दिएको विषयमा उनले संघर्षमा एक्लै हुन सकिने भए पनि आफू निरास नभएको बताए । उनले आफ्नो अधिकांश जीवन संघर्षमै बितेको उल्लेख गर्दै न्यायपूर्ण आन्दोलनमा संख्याले केही फरक नपर्ने दावी गरे । जनताको पक्षमा निरन्तर संघर्षमा सत्ताको र पैसा हुनेका पछि धेरै भीडभाड हुन्छ तर सही आन्दोलनको उठान भएरै छाड्ने उनको भनाई छ ।

प्रगतिशील, देशभक्त, गणतन्त्रवादी र देशमा केही गर्नुपर्छ भन्ने भावना भएकालाई साथमा लिएर नयाँ शक्ति गठन हुने पूर्व प्रम डा. भट्टराईले बताए । अहिले पार्टीमा संख्या लिएर हिड्यो भने त्यो प्रचण्ड गुट, बावुराम गुटजस्तै हुन्छ त्यसैले छलफल गरेर नयाँ शक्ति निर्माण गर्न आफू बाहिरिएको उनले धारणा राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %