रूद्र श्रीस मगर
पोखरा, १६ असोज -मिलेनियमन ट्रेक व्यवस्थापन समितिको अध्यक्षमा नवीनप्रकाश गुरुङ पुनः निर्वाचित हभएका छन ।
आज सम्पन्न तेस्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा नेत्रप्रसाद गुरुङ, द्वितीय उपाध्यक्षमा थमन आले, महासचिवमा हर्क गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा प्रकाशमान गुरुङ निर्वाचित भएको हो ।
त्यसैगरी, सदस्यहरूमा कृष्णकुमारी थापा, शंकरविरही गुरुङ, श्रीप्रकाश थापा, विष्णुमाया काफ्ले, दोमाया गुरुङ, विक्रम खाँण, बालकुमार गुरुङ, सन्तोष वाग्ले रहेका छन ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै तनहुँ क्षेत्र नं. ३ का नेकपा (एमाले)का सांसद् टुकराज सिग्देलले नयाँ संविधान बनेपछि देशले आर्थिक क्रान्ति गर्ने विश्वास व्यक्त गरे । संविधानले आर्थिक उन्नतिको ढोका खोलेको भन्दै सांसद् सिग्देलले पर्यटन क्षेत्रको विकास भएमात्र देश विकासले गति लिने बताए ।
सो अवसरमा मिलेनियम ट्रेक अवार्ड ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरलाई प्रदान गरियो भने उजिरसिंह महत संस्कृति संरक्षण पुरस्कार पेल्काचौर, स्याङ्जाका राधाकृष्ण चरित्र नृत्य संयोजक लेखनाथ अर्याललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका कार्यक्रम संयोजक डम्बरबहादुर केसी, नेपाल पर्यटन प्रवद्र्धन समिति पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष नवीनप्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लोकेन गुरुङले गरेका थिए भने प्रथम उपाध्यक्ष अमरबहादुर हमालले स्वागत गरेका थिए ।
