जनजातीको साँस्कृतिक अवलोकन भ्रमण

Read Time:2 Minute, 43 Second

अशोक शुजन श्रेष्ठ

मकवानपुर , असोज १६ – मकवानपुरका आदिवासी जनजाती अगुवाहरुले मध्य नेपालको साँस्कृतिक अवलोकन भ्रमण गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल आदिवासी जनजाती महासंघ, हेटौँडाले पाँच दिने कार्यक्रम आयोजना गरेको हो । आईतबारदेखी भएको भ्रमणमा आदिवासी जनजातीको अधिकार, भाषा, संस्कार, संस्कृती तथा आर्थिक, सामाजिक, राजनितिक अबस्था अनि संबिधान तथा जनजाती महासंघ र जातीय संस्थाहरुको अबस्थाको बारेमा छलफल गरिएको थियो ।

  चितवन, लम्जुङ्ग, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, रुपन्देही र नवलपरासीका आदिवासी जनजाती महासंघ र जातीय संस्थाका प्रतिनिधिसँग मकवानपुरको टोलीले छलफलपनि गरेको थियो । आदिवासी जनजाती महासंघ, हेटौँडाका अध्यक्ष जंगबहादुर गुरुङ्गको नेतृत्वमा गएको टोलीमा आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, हेटौँडा सचिव भिम भुजेल, निवर्तमान सचिव एवम् नेपाल मगर युवा संघका अध्यक्ष अशोक सारु मगर, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय पार्षद सुरेश श्रेष्ठ लगाएत आदिवासी जनजातीका संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

  भ्रमणका क्रममा नेपाल आदिवासी जनजाती महासंघका चितवन अध्यक्ष पदम गुरुङ्ग, लम्जुङ्ग अध्यक्ष खेमजंग गुरुङ्ग, तनहुँ अध्यक्ष दीर्घबहादुर दराई, कास्की अध्यक्ष पानबहादुर भुजेल, पाल्पा अध्यक्ष त्रिरत्नलाल शाक्य, रुपन्देही अध्यक्ष सन्तराम चौधरी, नवलपरासी उपाध्यक्ष रमिला भुजेल तथा नेपाल मगर संघकी स्याङ्जा उपाध्यक्ष कविसरा थापा मगर र वालिङ्ग अध्यक्ष दिलबहादुर मगर लगाएतले आदिवासी जनजातीको भाषा, संस्कृती तथा आर्थिक, सामाजिक, राजनितिक अबस्था अनि संबिधान तथा जनजाती महासंघ र जातीय संस्थाहरुको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %