भारतको विरुद्धमा देवदह खैरनीमा विरोध र्याली सम्पन्न

Read Time:3 Minute, 14 Second

गोविन्द घर्ती

देवदह , असोज १५ – मधेश आन्दोलनको नाममा भारतले अघोषित रुपमा गरेको नाका वन्दीको विरुद्धमा रुपन्देहीको देवदह खैरनीमा सर्वपक्षीय, सर्वदलिय विरोध र्याली तथा जनप्रदर्शन सम्पन्न भएको छ ।

सो अवसरमा बोल्ने वक्ताहरुले भारतले अन्तराष्ट्रिय कानुनलाई लत्याउदै नेपाल माथि अघोषित नाका वन्दी गरेकोले तत्काल हटाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले सवै नेपालीहरु एक भएर भारतीय हेपाहा प्रवृतिको सामाना गर्नु पर्ने बताएका थिए । उनीहरुले नेपाली राजनैतिक दलका नेताहरु एक आपसमा नमिलेको कारण भारतले पटक पटक नेपालमाथि विभिन्न किसिमले दुःख दिने गरेको बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भारतीय शासकहरुले नेपालीहरुलाई एक आपसमा लडाएर फाईदा लिन खोजेको आरोप लगाएका थिए । उनीहरुले मधेशको आन्दोलन भारतीय ईशारामा संचालन भएको बताएका थिए ।

सामाजसेवी जिवलाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली काग्रेसका जिल्ला सदस्य युवराज गिरी, एमाओवादीका जिल्ला सदस्य मोतीलाल ढकाल, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य नमराज पुरी, राष्ट्रिय जनमोर्चाका देवदह अध्यक्ष पुरुषोत्तम कडेल, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, शिक्षा प्रेमी टंक पोखरेल, सगरमाथा आवासीय उच्च माविका प्रार्चाय कृष्णप्रसाद पौडेल, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, सिद्धिविनायक आमा समुहका विद्यालक्ष्मी गुरुङ्ग, गणेश डुम्रे लगायतले बोल्दै अरुको भर नपरी आत्मनिर्भर बन्न सिक्नु पर्नेमा जोड दिएका थिए ।

देवदह नगरपालिकाको वडा कार्यालय शितलनगर देखि शुरु भएको र्यारली तथा जनप्रदर्शन देवदहको खैरेनी चोकमा पुगेर सभामा परिणत भएको थियो । र्याली तथा जनप्रदर्शनमा देवदह क्षेत्रमा रहेका क्रियाशिल राजनैतिक दल, सामजिक संघसंस्था, आमा समुह, विद्यालय, क्लव लगायतको सहभागिता रहेको थियो । प्रजापति सापकोटाको स्वागत, सिद्धिचरण भट्टराईको संचालनमा भएको कार्यक्रममा कलाकार तेजु अर्यालले राष्ट्रिय गित प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %