पोखरामा पनि सबै दलका मगर मिलेर मगरात संघर्ष समिति गठन गरे

Read Time:4 Minute, 16 Second

तमुवानको आन्दोलनलाई सघाउँछौं : संयोजक थापा

रूद्र श्रीसमगर

  पोखरा, १३ असोज – प्रदेश सिमाड्ढनका क्रममा मगरात प्रदेशलाई तीन टुक्रामा विभाजन गरिएको भन्दै आन्दोलित मगरात संघर्ष समितिले कास्कीमा समेत आफ्नो संगठन विस्तार गरेको छ ।

बुधबार सम्पन्न बृहत मगर भेलाले नेपाल मगर संघ कास्कीका सह–कोषाध्यक्ष रामबहादुर थापामगरको संयोजकत्वमा ७३ सदस्यीय मगरात संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको सचिवमा नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगर रहेका छन ।

त्यसैगरी, संघर्ष समितिका सदस्यहरूमा नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघ कास्कीका अध्यक्ष छ्याम थापामगर, नेकपा (एमाले)निकट नेपाल लोकतान्त्रिक मगर संघ कास्कीका अध्यक्ष हर्कबहादुर पुनमगर, एकीकृत नेकपा (माओवादी)निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष खेम पुनमगर, नेकपा–माओवादीनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवं कास्कीका संयोजक मनबहादुर थापामगर, नेकपा माओवादीनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल कास्की, संघीय समाजवादी फोरम नेपालनिकट संघीय समाजवादी मगर फोरम कास्की, नेकपा (एकीकृत)निकट नेपाल मगर स्वशासित संघ (एकीकृत) कास्कीका उपाध्यक्ष चोकबहादुर थापामगर, संघीय गणतान्त्रिक जनमुक्ति पार्टीनिकट मगर हाङ परिषद् कास्कीका ओमबहादुर श्रीसमगर, सामाजिक लोकतान्त्रिक पार्टीनिकट सामाजिक लोकतान्त्रिक मगर संघ कास्की रहेका छन् ।

त्यस्तै, संघर्ष समितिमा नेपाल मगर संघ कास्की अन्तर्गतका ३४ एकाइ समितिका अध्यक्षहरू, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराड्डीमगर, नेपाल मगर युवा संघ कास्की, नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष नेत्र घर्तीमगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर लेखक संघ कास्कीका अध्यक्ष कृष्ण थापामगर ‘मीगीन’ रहेका छन ।

संयोजक चयन भएपछि भेलालाई सम्बोधन गर्दै मगरात संघर्ष समिति कास्कीका संयोजक रामबहादुर थापामगरले कास्कीका मगर समुदायले तमुवान स्वायत्त प्रदेशका लागि भइरहेको आन्दोलनमा सक्रिय र सशक्त सहभागितासहित सहयोग गर्ने बताए ।

भेलामा बोल्दै एकीकृत नेकपा (माओवादी)निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव बालकृष्ण काउछामगरले प्रदेश सिमाड्ढनका क्रममा मगर समुदायमाथि ठूलो अन्याय भएकाले संविधान संशोधनमार्फत् मगरात भूमिलाई एकै प्रदेशमा राख्न माग गरे ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %