असोज १५ गते पाल्पा तानसेनमा बृहत मगराँत भेला हुने

Read Time:3 Minute, 21 Second

ज्ञानेन्द्र पुनमगर  

काठमाडौं, असोज ९ – असोज १५ गते मगराँतको राजधानि पाल्पा तानसेनमा  बृहत भेला हुने भएको छ ।

मिति २०७२ असोज ९ गते शनिवारका दिन मगरात संघर्ष समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ । यस बैठकले तपशिल बमोजिमका निर्णहरु गरेको छ जसको जानकारी तथा आ–आफ्नो संगठनहरु तथा क्षेत्रमा कडाईका साथ कार्यन्वयन गर्न गराउनको लागि यो परिपत्र जारी गरिएको छ ।

१) मगरात संघर्ष समिति, नेपालले यही असोज ३ र ४ गते राखेको मगरात बन्द कार्यक्रम सफल भएको निष्कर्ष निकालिएको छ । बन्दको सिलसिलामा सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय यस बैठकले गरेको छ । असोज ४ गते मगरात बन्दको क्रममा पाल्पाको तानसेनमा शान्तिपूर्ण रुपमा बन्दमा सहभागि मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहामगर, रामबहादुर आलेमगर र बीरबहादुर बुचामगर माथी पाल्पामा अराजक भिजलान्ते युवा जमातबाट सांघातिक आक्रमण गराइएकोमा त्यसको घोर भत्र्सना गर्दै अपराधिहरु कडा भन्दा कडा कारवाहीको माग गर्दछौ र बाग्लुङको बुर्तिबाङमा मगरात स्वायक्त प्रदेशको साइनबोर्ड प्रहरी प्रसाशानबाट हटाउने कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ । र त्यसको घोर भत्सना गर्ने निर्णय यस बैठक गर्दछ ।

२) यही २०७२ असोज १५ गते पाल्पा जिल्लाको तानसेनमा मगरात भेला राख्ने निर्णय गरिएको छ । यस भेलामा चार अञ्चल (राप्ती, लुम्बिनी, गण्डकी र धवलागिरी) बाट सहभागि हुने र प्रत्येक जिल्लामा क्रियाशिल राजनीतिक संगठन र नेपाल मगर संघबाट ३/३ जना सहभागि हुनुपर्ने छ ।

३) यही २०७२ आसोज १२ गतेका दिन काठमाडौमा केन्द्रीय स्तरमा राजनीतिक दलहरुका मगर नेताहरुबीच मगरात स्वायत्त प्रदेश विषयमा उच्च स्तरीय छलफल गर्ने निर्णय गरिएको छ ।

४) मगरात संघर्ष समितिले उठाउदै आएका विभिन्न मागहरु मध्ये प्रमुख मुद्दा बटमलाईन भनेको क्लस्टर (सघन बसोबासको निरन्तरता) सहितको मगरात स्वायत्त प्रदेश रहने निर्णय गरिएको छ ।

५) पूर्व निर्णय अनुसार जिल्ला जिल्लामा मगरात संघर्ष समिति, संयुक्त मगर मञ्च, नेपाल तथा मगरात युवा दस्ता गठन गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले बैठक पछि जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %