जनमुक्तिले जनविरोधी संविधानको विरोधमा बृहत मोटरसाईकल र्याली निकाल्यो (फोटो सहित )

Read Time:3 Minute, 12 Second

कमल चौधरी  

  बुटवल , असोज ९ – राष्ट्रिय युवा मोर्चा जिल्ला समिति रुपन्देहीले जनविरोधी तथा एक पक्षीय संविधान जारी गरेको विरोध स्वारुप शानिबार बुटवलमा बृहत मोटर साईकाल र्याली निकालेको छ ।

बुटवलको  ड्राइभर टोलको सब्जी मन्दी बाट सुरुभएको उक्त र्याली भैरहवाको निषेधीत क्षेत्र सम्म पुगेर पुनः भलवारी, शंकनगर योगिकुटी, लखनचोक मिलनचोक हुदै बुटवल बाजर परिक्रमण गरी मिडिया चोकमा आएर कोण साभामा परिणत भएको हो ।

फोटो: कमल चौधरी/ इश्वर गाहामगर / ज्ञान थापामगर 

कोण साभामा सम्बोधन गर्दै संघिय गणतान्त्रीक जनमुक्ति पार्टीका केन्द्रीय सह–महासचिव टेकबहादुर तामाङ्गले सबै जाति, वर्ग, लिङ्ग, समुदायहरुको अधिकार सुनिश्चित हुने गरि संविधान बन्नुपर्ने तर जनविरोधी र जनघाती संविधान जारी गरेको भन्दै आफूहरुलाई स्वीकार्य नहुने बताए । उनले तीन दालिय राजनैतिक पार्टीले जनविरोधी संविधानजारी गरेर  युद्धको घोषणा गरेको जिकिर गरे । उनले भने–“यो युद्ध आफूहरुलाई स्वीकार्य छ ।

यादी हामी आदिवासी जनजाति, महिला, मदेशी,मुस्लीम, थारु लगायत उत्पीडित समुदायहरुको उचित मागलाई सम्बोधन गरेन भने आफूहरु अन्तिम युद्ध गर्न समेत तयार छौं ।” तामाङ्गले मगरत, तम्मूवान, थारुहट, लिम्बूवान कुनै जातिय पहिचान नभएको भन्दै यो ऐतिहासिक पहिचान हो यसलाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

त्यस्तै विरोध साभा कार्यक्रममा राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष बोम दर्लामी मगर, राष्ट्रिय भूपू सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिमबहादुर राना, राष्ट्रिय युवा मोर्चाका महा–सचिव सुन्दर गुरुङ्ग, महिला मोर्चाका महा–सचिव चन्द थापा, संघीय गणतन्त्रीक जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग लगायतले बोल्दै अधिकार, धर्मनिरपेक्षता, पहिचान संघीयताको संघीयताको लागि अफूहरु अन्तिम समय सम्मा लडिरहने बताए ।

 

 

युवा मोर्चाका जिल्ला अध्यक्ष डि.वि थापाको अध्यक्षता, राष्ट्रिय महिला मोर्चाका महासचिव गिता सारुको संचालनमा उक्त विरोध सभा सम्पन्न भएको थियो  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %